सिमा कठरिया पौष महिनाकी उत्कृष्ट पाठक

इनेप्लिज २०७९ माघ १२ गते १२:१६ मा प्रकाशित

टीकापुर, कैलाली । टीकापुर सरोकार समुहले टीकापुरमा पुस्तक अध्ययन संस्कृतिलाई बढाउन टीकापुर सामुदायिक पुस्तकालयमा आएर महिना भर अध्य्यन गर्ने मध्य उत्कृष्ट एक पाठक लाई प्रतेक महिना रु दशहजार नगद र प्रशंसापत्र सहित दिदै गरेको उत्कृष्ट पाठक पुरस्कार पौष २०७९ का लागि टीकापुर – १, ब्लक नं १४ कि सिमा कठरियालाई आज सरस्वती पूजाका दिन एक बिशेष समारोह बिच प्रदान गरेकोछ ।

बिरेन्द्र बिधामन्दिर मावी टीकापुरका पुर्व प्रधानध्यापक एंब साहित्यकार धनन्जय तिमिल्सिनाले बिजेता सिमा कठरियालाई उक्त पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । तिमिल्सिनाले पढने संस्कृती घटदै गएको बेला सरोकार समुहले पाठकमा अध्ययन तर्फ रुचि बढाउन यो पुरस्कार ब्यबस्था गरेकोमा सन्तोष ब्यक्त गर्नु भयो ।

टीकापुर सरोकार समुहको तर्फबाट पौष महिनाको पुरस्कारको सौजन्य हाल दक्षिण कोरियामा कार्यरत समुहका सदस्य रेवन्त रावलले गर्नु भएको थियो । कार्यक्रममा पुस्तकालय अध्यक्ष ताराप्रसाद जोशी लगाएतले बिजेता सिमा कठरियालाई बधाई दिनु भएको थियो । प्रतेक महिना प्रदान गरिने उत्कृष्ट पाठक पुरस्कार टीकापुर सरोकार समुहले टीकापुर सामुदायिक पुस्तकालयको ब्यबस्थापन र मुल्यांकन सहयोगमा गत मंसिर महिना देखि प्रदान गर्दै आएको समुहका सचिव नवराज भट्टराईलाई जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया