लघुकथा-विवाह

अरुणबहादुर खत्री “नदी” २०७९ माघ १२ गते १०:२३ मा प्रकाशित

शनिबारको दिन थियो । रामशरण मन्दिरमा भगवानकोे दर्शन गर्न पुग्यो । उसँगै स्कुलमा पढेको साथी सानुराजासँग उसको भेट हुन पुग्यो । रामशरणले सानुराजालाई “तिम्रो छोराछोरी कति भए नि ? भन्यो । सानुराजाले “मेरो छोरा एकजना र छोरी दुईजना भए” भन्यो । “उनीहरु के गर्छन् नि ?” भनेर फेरि रामशरण सोध्यो । “उनीहरु नेपाल बाहिर छन् उतै काम गर्छन्” सानुराजाले भन्यो ।

“छोराछोरी तिनैजनाको विवाह पनि भयो कि ?” रामशरणले सोध्यो । “छोराको भयो । छोरीहरुकोे भएको छैन । छोरीहरुलाई राम्रो केटा पाइन्छ भने खोजीदेउ न” सानुराजाले भन्यो । “हाम्रै देशमा बसेर लोकसेवा आयोग उत्तिर्ण गरेर सरकारी जागिर खाएका केटा छन् । हुन्छ भनेदेखि म कुरा गरिदिन्छु नि” रामशरणले भन्यो ।

“सरकारी जागिर खाएको केटा पाउनु त राम्रो भाग्यको कुरा हो तर मेरा छोरीहरु नेपालमा फर्केर विवाह बन्धन गरेर बस्न मान्छन् कि मान्दैनन् म छोरीहरुलाई फोन गरेर सोध्छु नि” सानुराजाले भन्यो । छोरीहरुलाई उसले फोन गरेर सोध्दा “बुबा हामी नेपाल फर्केर बस्न मान्दैनौ नेपालमा भनेजस्तो काम गर्न पाइदैन” उसका छोरीहरुले भने ।

छोरीहरुले त्यसो भनेपछि सानुराजाले “त्यसो भए तिमीहरुको लागि नेपाल बाहिरको बिदेशी केटा तिमीहरुले नै खोजेर विवाह गरे हुन्छ” दुःख मान्दै भन्यो ।

सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं
मोबाइल नम्बर ९८४१७९७६६४
इमेल [email protected]

प्रतिक्रिया