अमेरिकाको मिनेसोटामा नवजात शिशुलाई छोडेर हिड्दा मृत्यु भए पछि आमालाई दोश्रो श्रेणीको हत्याको आरोप

इनेप्लिज २०७९ माघ १२ गते ३:०५ मा प्रकाशित

अमेरिकाको मिनेसोटामा नवजात शिशुलाई छोडेर हिड्दा मृत्यु भए पछि आमालाई दोश्रो श्रेणीको हत्याको आरोप लगाईएको छ । यो घटना लगभग २० बर्ष अगाडी घटेको भएता पनि लामो अनुसन्धान र खोजी पछि प्रहरीहरुले पक्रन सफल भएका छन् ।

मिनेसोटाकी एउटी महिलाले बुधवार आफ्नो नवजात शिशुलाई सन् २००३ मा मिसिसिपी नदीको किनारमा मर्न छोडेको स्वीकार गरिन ।

५० वर्षीया जेनिफर म्याटरलाई आगामी अप्रिल २८ मा सजाय सुनाइने एबिसीन्यूजले समाचार लेखेको छ ।

म्याटरलाई मे १०, २०२२ मा रेड विङको बाहिर बेलभिडेरे उप नगर(टाउनशिप)मा रहेको उनको घरबाट पक्राउ गरिएको थियो।

किशोरहरूले डिसेम्बर ७,२००३ मा मिसिसिपी नदीको पेपिन तालको किनारमा फ्रन्टेनाकमा फेला पारेका थिए । मैले (बच्चालाई) समुद्र तटमा छोडें, टाढा गएँ, मेरो गाडी (कार)मा चढें, र फर्कने मनसाय बिना त्यहाँबाट हिडे ,” म्याटरले यस्तो बयान दिएको अदालतको कागजातमा लेखिएको छ ।

म्याटरले नजिकै बस्ने कोहीले उनलाई जीवित भेट्टाउने छन भनि उनि आशाबादी भएको आपराधिक उजुरीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया