“चौतर्फी घेरा बन्दीमा गृह मन्त्री लामिछाने !”

इनेप्लिज २०७९ माघ १२ गते ०:३९ मा प्रकाशित

दीपक पन्त । राजनीतिमा स्थापित हुन लामो त्याग ,निष्ठा , बलिदान / संघर्ष हुनु पर्ने मान्यताका विरोधाभास भित्रै एक व्यवशायिकसंचारकर्मीको अप्रत्यारिलो राजनैतिक छलांग लाई धेरैले पचाउन सकिरहेका छैनन् ।

अझ आफ्नै संचार क्षेत्रका छापा देखि टेली भिडियाहरू त कुन बाटोबाट रवि लामिछानेको खुट्टा तान्न सकिन्छ भन्नेमनोरोग देखिन्छ ।

चर्चित पत्रकार ऋषि धमला देखि टेली मिडियामा स्थापित व्यक्तित्व दिलभूषण पाठक सम्मले हरेक व्यक्तित्व सँग फरक प्रसंगको अन्तर्बार्तामा पनि रबि लामिछानेका बिषयहरु पस्किएर तमासा बनाइ रहेका छन् ।

झन्डै डेढ दशकको अमेरिकाको बसाई पछि स्वदेशमै फर्केर व्यवशायिक टेली भिजनमा जन सवालका मुद्दा हरुलाईप्रमुख बिषय बनाएर सामाजिक बहस चलाएका लामिछाने पछिल्लो संसदीय निर्वाचनको पूर्व सन्ध्यामा पार्टी गठनगरी निर्वाचनमा होमिएका थिए ।

उनको आवाजलाई खहरे खोला , पानीको फोकाको नाम /उपनाम दिएका थिए ।

रविको पार्टी उदय र यसले ल्याउन सक्ने जन उभारलाई प्रमुख भनिएका दलहरुले नजर अन्दाज गरे । उनको आवाजलाई खहरे खोला , पानीको फोकाको नाम /उपनाम दिएका थिए । उनीहरुको भाषामा टेलिभिजनको पर्दामाउफ्री उफ्री चिच्याउने एक उच्छिन्खल ठिटोको राजनीतिक यात्रालाइ केटाकेटीको खेल सँग तुलाना गरेका थिए ।

तर निर्वाचन परिणामले रबि अध्यक्ष रहेको रास्ट्रिय स्वतन्त्र पार्टीले खुल्ला र समानुपातिक गरि २० संसद सहित रास्ट्रियपार्टी बन्न सफल भयो । यसले नेपालको राजनीतिमा पुराना राजनैतिक पार्टीमा खैला बैला मच्चाएको छ । प्रजतान्त्रकोबिगुल बोकेर सधै सत्ता भोग गर्ने कांग्रेस हो वा सर्बहारा बर्गको उन्मुक्तिका नारा भजाउने कम्न्युष्ट पार्टीहरुको आगामीदिनमा नसच्चिने हो भावी अबको राजनीति यी पुराना दल र ति नेताहरुको ओरालोको यात्रा दिन गन्ति शुरु भएको छ ।

प्रधानमन्त्रीको भाले रेसमा प्रमको कुर्सी हात पार्न सफल खेलाडी प्रचण्डको मन्त्रीमंडलमा उप -प्रधान सहित गृहमन्त्रालयको जिम्मेबारी पाए पछि त झन् लामिछानेको औला औला को रौं गन्न धेरै चिर परिचित व्यक्तित् हरु लागिपरि रहेका छन् ।

त्यसो त निर्वाचनकै क्रममा रबि लामिछानेको नागरिकता बिबाद बारे मुद्दा दायर भएको थियो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले बुधबार देखि अन्तिम सुनुवाइ गर्ने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभा सांसद लामिछानेको नागरिकता र राहदानी विवादित छ।

उनको नागरिकता र राहदानीबारेको मुद्दा सर्वोच्चको संवैधानिक इजलासले हेरिरहेको छ।

उनको नागरिकता र राहदानीबारेको मुद्दा सर्वोच्चको संवैधानिक इजलासले हेरिरहेको छ।

सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै मुद्दा दर्ता भए पनि गत पुस ६ मा बसेको सर्वोच्च अदालतको संवैधानिकइजलासले लामिछानेको नागरिकता र पासपोर्ट विवादबारेको मुद्दामा अन्तरिम आदेश नदिएपछि शपथ लिने बाटोखुलेको थियो।

लामिछानेविरूद्ध प्रतिनिधि सभाका सदस्यको रूपमा शपथ नगराउन गत मंसिर २८ गते रिट दायर भएको थियो।

लामिछानेलाइ अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछिपनि पुन: पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ।

चुनावभन्दा चार महिनाअघि पार्टी गठन गरेर, चितवन- २ बाट भारी मतान्तरले सांसद जितेका र उपप्रधान तथा गृहमन्त्रीभएका लामिछानेको नागरिकता विवादमा सर्वोच्चले के फैसला गर्छ भन्ने आमचासो छ।

कतिपयले रवि नेपाली नै हुन् किन शंका र विवाद झिकेको भन्ने प्रश्न पनि गरेका छन्। अदालतमा पुगेको यो विवाद उनीनेपाली हुन कि होइनन् अथवा उनी नेपाली नागरिकता पाउन योग्य छन् कि छैनन् भन्ने होइन।

अमेरिकी नागरिकता त्यागेपछि फेरि नेपाली नागरिकता लिन तोकिएका प्रकृया पुरा गर्नुपर्छ कि पर्दैन भन्ने अहिलेकोमुख्य विवाद हो।

संवैधानिक इजलासमा कायममुकायम मुख्यन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन्।

“एक पटकको नेपाली सधैको नेपाली” मूल नारामा स्थापित भएको एन आर एन ए रविको यो नागरिकता बिबादकोविषमा मुख दर्शक भएर बसेको छ । एन आर एने एन एन सी सी अमेरिकाका केहि अभियान्ताहरुले त रविकोबुख्याच्या बनाएर टोल बनाएका भिडियोहरू भाइरल बनाइ रहेकाछन् ।

जुन मुद्दा आफ्नो संगठनको आत्मा हो भन्ने संगठन नै त्यहिँ मुद्दामा मौनता साध्नुले एन आर एन ए को घरातल कस्तोरहेछ भन्ने अनुमान लगाउन कसैलाई गाह्रो नहोला ।

यसरी हेर्दा हिजो उनले संचारकर्मी हुँदा राज्य तथा निजि क्षेत्र बाट शोषित पिडित जनताहरुका हरुका लागि गरिएकोबुलन्द आवाजले नै आज रविलाई त्यो उचाईमा पुर्याएको हो । तर त्यस क्षेत्रका राज गाज गरेका हरुका लागिअपत्यारिलो रविको यो छलाङ्ग लाइ पचाउन निक्कै गाह्रो परेको छ । सामाजिक हैसियत र राजनैतिक पहुँच पुर्याएकात्यो बर्ग रविको ओरालो यात्रा कसरि तय गर्न सकिन्छ भन्नेमा रातो दिन कसरतमा छ ।

त्यसै सन्दर्भमा मसला स्वरुप आएको यो नागरिकता बिबादले रबि इतर समुहका लागि राम्रो (ब्याक मार्केट हात परेको)
छ ।

बंशजका आधारमा नेपाली नागरिकता लिएको व्यक्तिले कुनै कालखण्डमा बिदेशी नागरिकता लिए पनि उक्तनागरिकता त्याग गरी सके पछि अन्य बिबाद झिक्नु कानुनि/ब्यबहारिक/सामाजिक न्यायका हिसाबले वा अन्य कुनैपनि हिसाबले उपयुक्त हुँदैन भनि आज सम्म कुनै दल/ब्याक्ति ,समुदाय, एनआर एने (जो एक पटकको नेपाली सधैकोनेपाली हो भनेर भजन गाउँछ ) बोलेको सुनिदैन । सुनिन्छ त केबल खाडीमा तातो घाममा छत्पट्याई रहेका युवाहरुआवाज ! रबिदाई जिन्दाबाद ! जिन्दाबाद !

के पुन दर्पिट गर्दा रबिको नाम कबि हुने हो र ? रविको पिताजीको नामपरिबर्तन हुने हो र ? रविको जन्म मिति नयाँ कायम हुने हो र ?

कालो कोटेहरु कुनै कोहि कुनै प्रश्न गर्दैनन् ? के पुन दर्पिट गर्दा रबिको नाम कबि हुने हो र ? रविको पिताजीको नामपरिबर्तन हुने हो र ? रविको जन्म मिति नयाँ कायम हुने हो र ? के हिजो बंशज आधारमा जन्म सिद्द नागरिकता प्राप्तगरेका रविलाई गैह्र नेपाली नागरिक भन्न नेपाली आमाले सक्छिन् ?

ज्यान , कर्तब्य मुद्दामा समेत परिस्थिति घटनाको अबस्था , आरोपितको मानसिक अबस्था हेरेर निर्णय हुने हाम्रोअदालतमा कानुनका रक्षक माननीय न्यायमूर्ति हरुले उदाउदो रविको सौन्दर्यमा कालो ग्रहण लाग्न पक्कै दिनु हुने छैन्भन्ने आत्म बिस्वासका साथ नेपाली आमाका पुत्र रबि लामिछानेलाई न्याय मिलोस् ।

जय देश ! जय नेपाल !

दीपक पन्त

मिल्वाकी ,अमेरिका

प्रतिक्रिया