नेपाल यातायात मजदुर संगठनको सुदूरपश्चिम भेला, मजदुरको हकहितका लागि कटिबद्धछौं : राई अध्यक्षमा पुनः चन्द निर्वाचित

वीरेन्द्र रावल २०७९ माघ ११ गते २३:१५ मा प्रकाशित

वीरेन्द्र रावल

धनगढी, माघ ११÷ गरिखाने मिहेनतकस यातायात मजदुरहरुको हकहितका लागि राज्यका सरोकारवाला निकायलाई मजदुरप्रति जिम्मेवार नबनाए सम्म उनिहरुका हक हितको ग्यारेण्टी हुन नसक्ने कुरा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भीमज्वाला राईले बताउनु भएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश कमिटीको दोस्रो प्रदेश अधिवेशनको बुधबार धनगढीमा उद्धघाटन गर्नुहुँदै केन्द्रिय अध्यक्ष राईले यस्तो बताउनु भएको हो ।

अध्यक्ष राईले नेपालका यातायात मजदुरहरुले भोग्दै आएका साझा समस्याको पहिचान,निरुपण गर्दै मजदुरहरुको अधिकारको सुनिश्चितता नभए सम्म मजदुर आन्दोलन जारी रहने बताउनु भएको छ ।

नेपालमा बिद्यमान कानुनले आम यातायात मजदुरहरुका हक अधिकारलाई कुण्ठित पारेको बताउँदै राईले अवको लडाई मजदुरको हितमा र विचौलियाका बिरुद्धमा हुनु पर्ने छ ।

जवसम्म हरेक पेशा र व्यवसायमा बिचौलियाकरणको अन्तय हुन सक्दैन तवसम्म नेपाली यातायात व्यवसायीहरुको पेशहागत हक,हित र सुरक्षाको ग्यारेण्टी हुन असम्भव रहेकोले पनि यातायात मजदुर संगठन संगठित भएर अघि बढ्नुपर्ने धारणा राईको रहेको छ ।

अध्यक्ष राईले नेपाली यातायात मजदुरहरुले प्रहरी प्रशासन र बिद्यमान कानुनको अस्पष्टताका कारण भोग्नु परिरहेका कानुनी र प्राविधि जटिलताको अन्त्यका लागि यातायात मजदुर संगठनले सरकारसंग बुँदागत रुपमा छलफल विमर्श गर्दै मजदुरहरुको हक हितका लागि लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।

उहाँले सडक दुर्घटना न्यूनिकरण,मजदुरहरुलाई यातायात सञ्चालनका सवालमा जनचेतना,मजदुरहरुका हक हित,सुरक्षा जस्ता रचनात्मक कार्यमा संगठनले निरन्तर रुपले कार्य गर्दै आईरहेको बताउँदै आगामी दिनमा संगठनलाई थप भरपर्दो र प्रभावकारी बनाउने दिसामा कार्य अघि बढाईने समेत बताउनु भएको छ ।

सो अवसरमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टका सुदूरपश्चिम प्रदेश अध्यक्ष जीत बहादुर मल्ल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय उपाध्यक्ष नवराज घिमिरे,केन्द्रिय उपाध्यक्ष बिष्णु लामा,केन्द्रिय महासचिव केशव थापा,केन्द्रिय उपमहासचिव खगेन्द्र वलि ,प्रेस चौतारी नेपाल कैलालीका इन्चार्ज वीरेन्द्र बहादुर रावल, सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटा,कैलाली यातायात पालिका महासचिव तिर्थराज जोशी लगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सोही दिन सम्पन्न अधिवेशनको बन्द शत्रले ललित चन्दको अध्यक्षतामा १५ सदस्यीय प्रदेश कमिटीको गठन गरिएको छ ।

नवगठित कमिटीका उपाध्यक्षमा मोहनसिंह सावद र विष्णुदत्त जोशी,सचिवमा रामसिंह महर,सहसचिवमा दुर्गा रावल,रदेविसिंह सावद, कोषाध्यक्षमा बामदेव अवस्थी चयन हुनु भएको छ ।

यस्तै कमिटीका अन्य सदस्यहरुमा नवराज जोशी,श.कर वली, मुनेश्वर चौधरी,भानुदेव पनेरु,लालबहादुर महरा,मिरा भट्ट,जय बहादुर विष्ट र निर्मला बिष्ट चयन भएका छन् ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया