लागु औषध दुव्र्यसन रोग हो

इनेप्लिज २०७९ माघ ११ गते २२:३७ मा प्रकाशित

विराटनगर,११ माघ(रासस): लागु पदार्थ दुव्र्यसन एउटा रोग भएकोले यसको निदानमा सबैको सहयोग आवश्यक रहेको सहभागीहरुले सुझाव दिनु भएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङद्वारा आज यहाँ आयोजित लागु औषध नियन्त्रण विषयक अन्तरक्रियामा सहभागीहरुले दुव्र्यसनीहरुलाई घरपरिवार, समाज, शिक्षक , प्रहरीले जनचेतना एवं आवश्यक निगरानीका साथ स्नेहपूर्ण व्यवहारबाट कुलतबाट हटाउने कार्य गर्नुपर्ने विचार राख्नु भएका छन् ।

यस्तै सहभागीहरुले विद्यालय, मठमन्दिर नजिकका क्षेत्रमा सूर्तिजन्य, मदिरा विक्री वितरणमा बन्देज लगाउनु सुझाव दिनु भएका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सीमा क्षेत्रमा लागु पदार्थ सेवन कार्यलाई निरुत्साहित गर्न जनचेतना अभियान सञ्चालन गरेको विचार राख्नु भयो ।

उहाँले युवा पुस्तालाई लागु पदार्थबाट टाडा राख्न आवश्यक वित्तचित्र लगायतका जनचेतनाका कार्यक्रम विद्यालय एवं टोल टोलमा सञ्चालन गर्नुपर्ने आवश्यक्त्ता औल्याउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, नेपाल स्काउटका विद्यार्थी, लागु पदार्थ दुव्र्यसनी सुधार केन्द्रका प्रतिनिधि,स्थानीय पालिका, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहभागिता रहेको थियो ।

सो अवसरमा प्रहरी निरीक्षक मोहन पोखरेल विश्वमा लागु औषधको अवस्था विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङले चालु आर्थिक वर्ष २०७९ः मा लागु औषध ओसार पसार कार्यमा संलग्न भएका १६५ जनालाई पक्राउ गर्नुका साथै १३७ बटा मुद्दा दर्ता गरिएको जानकारी गराइयो ।

प्रतिक्रिया