लघुकथा-आलुको मुल्य

अरुणबहादुर खत्री “नदी” २०७९ माघ ११ गते १०:०४ मा प्रकाशित

साँझतिर म घर नजिकैको तरकारी बेच्ने पसलमा आलु किन्न पुगे । “आलु छैन साहुजी ?” मैले भने । “आलु बिहान आएको थियो आज दिउँसो नै सकियो” साहुजीले भने । “कति रुपैँया धार्नी थियो आज आलु साहुजी ?” मैले भने । “धार्नीको एकसय तिस रुपैँया थियो” साहुजीले जवाफ दिए ।

“अब भोलिबिहान म आलु ल्याउछु बिहानै लिन आउनुस् न” साहुजीले फेरि भने । “हुन्छ साहुजी म भोलिबिहान लिन आउछु” भनेर म घर फर्के । घर फर्कदै गर्दा अर्को तरकारी बेच्ने नयाँ पसलमा आलु देखेर “आलु धार्नीको कति रुपैँया ?” भनेर मैले सोधे । “धार्नीको एकसय बिस रुपैँया” साहुजीले भने । “त्यसो भए एक ढक आलु लैजान्छु भनेर मैले आलु छानेर जोखेर एक ढकको दुईसय चालिस रुपैँया दिएर आलु यहाँ पो एक धार्नीमा दस रुपैँया सस्तो रहेछ भन्दै आफ्नो घर गए ।

भोलिपल्ट बिहान म फेरि तरकारी बेच्ने पुरानो पसलमा पुगेर साहुजीसँग “आलु ल्याउनु भयो त साहुजी” भनेर सोधे । “आलु ल्याएको छु आज आलुको धार्नीमा पन्ध्र रुपैँया बढेर आएको छ एक धार्नीको एकसय पैतालिस रुपैँया पुगेको छ” साहुजीले भने । “हिजो यहाँ आलु मैले नपाएर अर्को तरकारी बेच्ने नयाँ पसलमा एकसय बिस रुपैँया धार्नीमा पाएर एक ढक आलु किनेर लगे नि साहुजी” मैले भने । “नयाँ पसल भएर ग्राहक तान्नको लागि सस्तोमा दिएको हुनुपर्छ” साहुजीले भने ।

सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं

प्रतिक्रिया