फेसबुक साथी

अरुणबहादुर खत्री “नदी” २०७९ माघ १० गते १०:११ मा प्रकाशित

मिडियाप्रेमी रामकुमारले कहिले रेडियोनेपालमा कहिले रेडियो कान्तिपुरमा कहिले रेडियोसिटीमा बेला बेलामा विभिन्न कार्यक्रममा फोन गर्ने गर्दथ्यो । त्यस्तै आशिषकुमारले पनि रेडियोमा बेला बेलामा फोन गरेर सहभागिता जनाउदथ्यो ।

दुबै जनाले फेसबुक पनि खोलेका थिए । आशिषकुमारले रामकुमारलाई फेसबुकमा साथी बनाउन फ्रेन्ड रिक्वेस्ट ग¥यो । रामकुमारले उसको फ्रेन्ड रिक्वेस्टलाई स्वीकार ग¥यो र दुबैजना फेसबुकमा साथी बने ।

फेसबुकको मेसेन्जरबाट बेला बेलामा उनीहरु बीच कुराकानी पनि हुने गर्दथ्यो । एकदिन रेडियो कान्तिपुरमा रामकुमारले बोलेको सुन्ने बित्तिकै आशिषकुमारले आज तपाईको फोन लाग्यो नि कान्तिपुर एफ.एम. मा भनेर मेसेन्जरमा लेखेर पठायो । रामकुमारले “मलाई किन जानकारी गराउनु हुन्छ आशिषजी बुझ्न सकिन मलाई थाहा छ तपाई सुनिरहनु भएको छ तपाईलाई पनि थाहा छ म पनि सुनिरहेको हुन्छु भनेर आयन्दा यस्तो जानकारी नगराउनु होला” भनेर जवाफ पठायो ।

रामकुमारले आशिषकुमारलाई फेसबुकको साथीबाट आउट गरेर बाहिर निकाल्यो । आशिषकुमारलाई अचम्मै लाग्यो । आशिषकुमारले यसबारेमा रेडियोमा फोन गरेर सहभागी हुने अरु साथीहरुसंग पनि भन्यो । सबैजना छक्कै परे । रेडियोमा फोन गरेर सहभागी हुनेहरु सबैले रामकुमारलाई सम्झेर सन्देश दिन छाडे । त्यसपछि रामकुमार आजकल मलाई कसैले पनि सन्देश दिदैनन् किन होला रहेछ भन्यो र रेडियोप्रेमी मानबहादुरलाई फोन ग¥यो मानबहादुरले “म तपाईलाई एउटा कुरा भन्छु रिसाउदा चाहि नरिसाउनु होला नि भन्यो र तपाईले आशिषकुमारलाई फेसबुकको फ्रेन्डबाट आउट गर्नु भएछ नि आशिषकुमारले साह्रै चित्त दुखायो नि” भन्यो ।

यही कारणले गर्दा मलाई रेडियोमा फोन गर्ने साथीहरुले सम्झन छाडेका रहेछन् भनेर रामकुमारले थाहा पायो र पछुतायो ।

सामाखुसी मार्ग, सरकारी धारा,

प्रतिक्रिया