लघुकथा-सहिद घोषणा

– अरुणबहादुर खत्री “नदी” २०७९ माघ १० गते १०:०८ मा प्रकाशित

कृष्णबहादुरको छोरा मनोहर बजार भाउ छोइ नखानु भएकोले आन्दोलन गर्न हिँड्यो । आन्दोलनमा हिँड्दा उसलाई प्रहरीले लठ्ठीले हिर्कायो । प्रहरीले लठ्ठीले हिर्काउदा ऊ घाइते भयो र अस्पतालमा लादालादै बाटोमा उसको मृत्यु हुन पुग्यो ।
उसको मृत्यु भएपछि उसको बुबा कृष्णबहादुरले मेरो छोराले जनताको लागि बजार भाउ महंगी भएकोले बजार भाउको नियन्त्रण गर्न आन्दोलन गर्दा प्रहरीले मेरो छोरालाई लठ्ठीले हिर्काउदा मृत्यु हुन पुग्यो । त्यसैले मेरो छोरालाई सरकारले सहिद घोषणा गर्नै पर्छ भन्यो ।

उसको छोरालाई सरकारले सहिद घोषणा गर्न गाह्रो मान्यो । सहिद घोषणा गर्न गाह्रो मानेपछि कृष्णबहादुर मेरो छोरा सहिद हुनैपर्छ भनेर अनसनमा बस्यो । अनसन बसेपछि कृष्णबहादुरको पनि मृत्यु हुन पुग्यो । कृष्णबहादुरको मृत्यु भएपछि उसकी श्रीमती रमादेवी पनि अनसन बस्न पुगिन् ।

सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं

प्रतिक्रिया