जहाज दुर्घटनामा ज्यानको बाजी राखेर सेतीको खोचमा शवको उद्दार गर्ने शसस्त्र प्रहरी सम्मानित -भिडियोमा हेर्नुहोस

इनेप्लिज २०७९ माघ १० गते १०:०३ मा प्रकाशित

२२ औं शसस्त्र प्रहरी दिबसको अबसरमा सर्वोत्क्रिस्ट बर्ष जवान Hero of the shoulder) भइ सशस्त्र प्रहरीका महानिरीक्षकद्वारा उनी सम्मानित भएका हुन ।डुङगा डुब्दा वा सेतिको खोच लगाएतका ठाउँमा मानीस हरु खस्दा दुर्घटनामा कम भन्दा कम क्षति होस् भनेर सशस्त्र प्रहरी बलले त्यहाँ तालिम प्राप्त उद्धार टोली तैनाथी अवस्थामा राख्दै आएको छ । सोही टोलीमा एक जना यस्ता व्यक्ति हुनुहुन्छ, जसको साहसीपनको चर्चा जति गरे पनि कम हुन्छ । उहाँ हाल पोखरास्थित नम्बर २४ गणमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्लार दीर्घनारायण पौडेल हुनुहुन्छ।

पोखरा अर्थात् नेपालको प्रमुख पर्यटकीय नगरी । आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइको नगर । नगरकै आडमा रहेको फेवाताल र बेगनासताल सेती खोंच, डेभिस फल्स (पातले छांगा) यी सबै पर्यटकको रोजाइमा पर्ने गर्दछन । चाहे डुंगा सयर होस प्याराग्लाइडीङ अथवा सेतिको खोच कुनै पनि सतप्रतिशत सुरक्षित कुनै पनि हुदैनन् ।

पुस २०६९ देखि आफ्नो पेशागत जिम्मेवारीलाई उद्धारतर्फ केन्द्रित गर्नुभएका पौडेल पोखरा वा पोखरा आसपास यसअघि जति पनि विपद्जन्य घटना भएका छन्, उहाँ नगएको ठाउँ कमै छन् । उहाँको कुशलता र साहसीपन देखेर जो पनि दंग पर्ने गर्दछन । माथिल्लो दर्जाका अधिकृतहरुको पनी पहिलो रोजाइमा उहाँ पर्दै आउनुभएकाे छ । उद्धारका क्रममा उहाँले कतिलाई नयाँ जीवनसमेत दिनुभएकाे छ । ज्यानको बाजी लगाएर फेवातालमा डुबेर कुहिन लागिसकेका शव निकाल्नुभएकाे छ । यस्तै काम उहाँले सेती खोँच र डेभिस फलमा पनि गर्नुभएकाे छ ।

भर्खरै को घटना सेतिको खोचमा यति एयरको जहाज दुर्घटना भयो ७२ जना यात्रु सबैको मृत्यु भयो आज सम्म पनि ससस्त्रको टोलि खोजि कार्यमा तैनाथ छ । त्यहाँ सेतिको खोचमा डोरीको साहयताले गएर छरपस्ट रहेका शव हरु खोज्ने देखी हराएका शव हरु कतै पानी भित्र छ कि भनेर खोचमै गएर डुबेर शव हरु निकाल्ने एक साहसी ससस्त्र प्रहरी जवान हुनुहुन्छ ।

प्रतिक्रिया