नेपाली कांग्रेसको वर्तमान राजनीतिक चल-खेल कांग्रेसी जनको लागि अशुभ संकेत हो

इनेप्लिज २०७९ माघ ९ गते १:२८ मा प्रकाशित

खगेन्द्र अधिकारी, वासिंटन, डि. सी. । माओवादी अर्थात् प्रचण्डलाई शक्ति बाँडफाँडमा चित्त बुझाउन नसकेपछि सत्ताबाट उछिट्टिएर भुईमा न भाँडामा हुन पुगेको नेपाली कांग्रेस अहिले संसदीय मूल्य मान्यताकै तेजोबध हुने गरी बेमौसमी बाजा बजाएर कमजोर अंकगणितको खेल र षड्यंत्रमा लागिपरेको छ।

नेपाली कांग्रेसले जे–जति प्रयास गर्दै छ, ती सबैमा पराजय र बेइज्जती बाहेक अरू केही पाइरहेको छैन । खासगरी ख़ुराफ़ाती शेरबहादुर देउवा र उनको आसेपासे सहयोगी मण्डलीको राजनीतिक घोर मूर्खताका कारण सिंगो कांग्रेसको साख नराम्रो ग़री गिर्दै गईरहेको छ।

आफ्नै नेतृत्वमा सरकार बनाउन नसकेर यस षड्यंत्रकारी दाउमा चुकेपछि रन्थनिएको संसदको पहिलो दल भनिएको नेपाली कांग्रेसले थापेको “च्याँखे दाउ” असफल भएको छ । प्रचण्डलाई विश्वासको मत दिने तर सभामुखमा प्रतिस्पर्धा गर्ने उल्टो बाटो रोजेर जन हँसाएको कांग्रेस नेतृत्वले अझै चेतेको देखिदैन।

कांग्रेसको नियत र राजनैतिक नैतिकताको स्तर केही क्षणमै उदांगो बनेको छ ।

प्रचण्डलाई विश्वासको मत दिएर विधिवत प्रमुख प्रतिपक्षी हैसियत समेत गुमाएको नेपाली कांग्रेसको ख़ास भूमिका माथि आम जनमानसमा प्रश्नहरु उठिरहेकै छन्।कांग्रेसको नियत र राजनैतिक नैतिकताको स्तर केही क्षणमै उदांगो बनेको छ ।

प्रचण्डलाई अघि लगाउँदै सत्ता गठबन्धन संग राष्ट्रपति र सभामुख पदमा भाग खोजे पनि सत्तारुढ घटक त्यसमा सहमत हुन सकेनन्।

यसका बावजूद पनि अब, अर्को फटाई रणनीतिका रुपमा सत्ता बाहिर रहेका विभिन्न छोटे-मोटे शक्तिहरुलाई फुटाए ।

आफ्मो पक्षमा खिच्नका लागि प्रयास सुरु गरेकोछ र त्यसैको भरमा राष्ट्रपति पद पाइन्छ कि भन्ने लोभमा र लालचामा कांग्रेसको केही मात्रामा बचेखुचेको साख पनि दाउमा लगाइरहेको छ ।

यो षड्यंत्रकारी नियत भनेको नेपाली कांग्रेसका शुभचिंतकहरुलाई चैं अशुभ संकेत हो भन्नेमा मत मतान्तर त होला तर सत्य यही हो कि यिनीहरुको षड्यंत्रकारी नियत कांग्रेसी जनलाई उपलब्धिमुलक चैं हुदै होईन।

यिनीहरुको षड्यंत्रकारी नियत कांग्रेसी जनलाई उपलब्धिमुलक चैं हुदै होईन।

उपरोक्त महत्वकांक्षाहरुलाई पुनर्विचार गरेर आत्माआलोचना गर्दै नेपाली कांग्रेसको बिगत अर्थात् इतिहासको सिंहावलोकन गरेर आफ्नो साखलाई जोगाउनलाई नेपाली कांग्रेसले भूलले प्रचण्डलाई प्रदान गरेको बिस्वासको मतलाई यथाशीघ्र फिर्तालिनु उपयुक्त र बुद्धिमानी ठहरिनेछ भन्नेमा अत्युक्ति नहोला।

अवस्यनै सत्य तीतो हुन्छ तर मर्दैन।यस अर्थमा नेपाली कांग्रेसका सत्यतामा बिस्वास गर्ने शुभचिंतकहरुले सचेत हुन जरुरी छ।

आगे उनिहरुको ईच्छा र निर्णय चलायमान हुनेछ।

उपरोक्त धारणाहरु मेरा निजी बिचारमा आधारित छन् भन्ने म विश्वस्त छु।अस्तु!!

लेखक खगेन्द्र अधिकारी उत्तर अमेरिकामा एक स्थापित साथै ईमानदार सामाजिक अभियंताका अतिरिक्त विभिन्न सामाजिक संघ-संस्थाहरुमा आबद्ध हुनुहुन्छ।

प्रतिक्रिया