खेलकुदको माध्यमवाट विद्यार्थीहरुलाई जीविकोपार्जनमा सक्षम बनाउने

इनेप्लिज २०७९ माघ ८ गते १४:३९ मा प्रकाशित

विराटनगर,८ माघ । खेलकुदको माध्यमवाट विद्यार्थीहरुलाई जीविकोपार्जनमा समक्ष बनाउन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल मोरङ(हिसान)द्वारा स्पोर्टस मिट–२०७९ विराटनगरमा आयोजना गर्न लागिएको छ।

हिसानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विद्यार्थीहरुलाई अनुशासन, स्वस्थ , देशभक्त नागरिक, धुम्रपान, मद्यपान तथा लागु पदार्थको कुलतवाट वचाँई नेपालको नाम अन्तर्राष्टिस्तरमा राख्ने खेलाडी उत्पादन गर्नु ‘स्पोर्टस मिट’को मुख्य उद्देश्य रहेको मोरङ अध्यक्ष अमित ढकालले जानकारी दिनु भयो ।

यही माघ १० गतेदेखि १६ गतेसम्म स्थानीय शहीह रंगशालामा सात दिन सञ्चालन हुने स्पोर्टस मिटमा जिल्लाका २८ बटा विद्यालयका एक हजार ७०० विद्यार्थीहरुले फुटबल तथा भलिवल महिला तथा पुरुष,क्रिकेट, पुरुष बास्केटबल, पुरुष एवं महिला टेबल टेनिस सिङ्गल र डवल, लामो र छोटो दुरिको दौड लगायतका प्रतियोगिता हुने छ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई विद्यालयले अध्ययनमा विशेष प्रोत्साहन दिनुका साथै सम्वन्धित खेलमा विशेष प्रशिक्षणको व्यवस्था मिलाउने आयोजकले जनाएको छ।

प्रतियोगितामा सम्पन्न गर्न रु २५ लाख लाग्ने अध्यक्ष ढकालले बताउनु भयो ।

प्रतिक्रिया