अज्ञान

– अरुणबहादुर खत्री “नदी” २०७९ माघ ७ गते ११:०७ मा प्रकाशित

शनिबारको दिन कुमार माछा पसलमा जिउदो माछा खान राम्रो हुन्छ भनेर जिउदो माछा किन्न पुग्यो । माछा पसलमा पुगेपछि कुमारले मलाई एउटा ठूलो दुई किलो सम्मको जिउदो माछा बनाएर दिनु भन्यो । माछा बनाउनेले फोहरमैला खाने सस्तो चारसय रुपैँया किलोको जिउंदो माछा पानीबाट निकालेर जोख्यो । एक किलो आठ सय ग्रामको रहेछ । माछाको मूल्य सातसय बिस भयो । जिउदो माछा मारेर बनाएर उसले किनेर लग्यो । घरमा लगेपछि कुमारले “जिउदो माछा किनेर ल्याए” भनेर आफ्नो बुबालाई देखायो । उसको बुबाले “छोरा तैँले यो जुंगे माछा हिलो र फोहर खाने माछा किनेर ल्याइछस् यो माछा खान राम्रो हुँदैन नि” भन्नु भयो ।

“माछाको कति प¥यो नि ?” बुबाले सोध्नुभयो । “माछा चारसय रुपैँया किलोको हो बुबा यो माछा एक किलो आठ सय ग्रामको सात सय बिस रुपैया प¥यो” छोरा कुमारले भन्यो । त्यो माछा तुरुन्तै कुमारले पसलमा फिर्ता लगेर “साहुजी तपाईले मलाई हिलो फोहर खाने माछा दिनु भएछ आहारा खाने राम्रो माछा दिनु भएनछ यो माछा फिर्ता लिनु भएर मलाई आहारा खाने राम्रो माछा दिनु पैसा थप्नु परेमा मैले थपेर तपाईलाई दिन्छु नि” भन्यो । साहुजीले “काटेर लगेको माछा हामीले फिर्ता लिदैनौ नि” भने । “त्यसो भए यो माछा तपाई नै खानु होला यसको पैसा फिर्ता नदिए पनि तपाईको पसलमा अर्को दिनदेखि म माछा किन्न कहिले पनि आउदिन । माछा किन्न आउने अरु ग्राहकलाई पनि तपाईको पसलमा माछा किन्न नजानु होला भन्छु” भन्यो । “तपाई एकजना मेरो पसलमा माछा किन्न नआएर मलाई बेफाइदा हुदैन अरु ग्राहक किन्न आइहाल्छन् नि” साहुले भने ।

सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं

प्रतिक्रिया