आँशु लिखित शब्द र समाजको कटु यथार्थ

दयाराम शर्मा २०७९ माघ ७ गते २:४२ मा प्रकाशित

मृत्यु अकाट्य छ या भनौं अबस्यम्भाबी छ। यो सबै जानेर पनि सबैजना बिर्सेर बॉचेका हुन्छन र हुनु पनि पर्छ, जीवन जगतको निरन्तरताको लागि। सायद प्रकृति भनौ या भगवान यहि चाहन्छ र तदानुसार चलिरहेको छ। अहिलेको समाजमा विभिन्न किसिमले अप्राकृतिक मृत्युहरु देखिने गरेका छन्, जसको लागि अहिलेको विश्व र समाजको बनावट र तेस्ले निम्त्याएको भौतिक आवश्यकता अनि प्रतिस्पर्धा जिम्मेवार छन्। प्रकृतिकै कुरो गर्दा प्रतिस्पर्धा भनेको जीवलाई बलियो बनाउन आवश्यक हो नकि कमजोर त्यो चार्ल्स डार्विनको सिद्धान्तले बताएको कुरो हो जुन स्कूल विज्ञान पुस्तकमा सजिलै पढ्न पाइछ। तेस्तै समाजमा हुने प्रतिस्पर्धा पनि हरेक मानिसलाई बलियो बनाउन आबस्यक छ। अहिलेको समाजको प्रतिस्पर्धा लडाईं वा द्वन्दमा परिणत भएको छ, जुन सकारात्मक होइन। प्रतिस्पर्धा ‘रचनात्मक(constructive)’ हो भने लडाईं वा द्वन्द चाई ‘ध्वंसात्मक(destructive) वा विनाशकारी’ छ।

मैले जोड्न खोजेको कुरा हालसालै भएका अप्राकृतिक मृत्यु संग हो जसको लागि हाम्रो समाज जिम्मेवार छ। तेसो त समाज समाज अमुर्त छ र छैन पनि। अमुर्त छ यसर्थमा कि यसको कुनै रुप देख्न र छुन सक्दैनौं। अर्को तरिकाले सोच्नेहो भने अमुर्त रुप होइन किन भन्दा व्यक्ति व्यक्ति मिलेर समाज बन्ने हो र हामी आफै तेस्को घटक हौँ। तेसैले मैले समाज जिम्मेवार भनेको हामी – म, तपाईं र तँ सबै आफै जिम्मेवार छौं भनेको हो। जबसम्म मान्छे जिउँदो हुन्छ तब पानी बराबार अनि मृत्यु पश्चात सामाजिक संजालमा भावुक शब्दको लर्को, पुरा पढ्न पनि गारो, मन कमजोर बनाउने, ठीकठाक मान्छे मा डिप्रेसन जगाउने खालका। यी सबै नाटक बन्द गरौ समाजमा स्वच्छ प्रतिस्पर्धा गरौ आफु बलियो बनौ अरुलाई पनि बलियो बनाउँ। बोल्दा के वोलिराख्याछु सोचौं; अरुलाई चोट पो पुग्या छकि, काम गर्दा अरुलाई असर नपर्ने गरि गरौँ, सके सहयोग गरौँ नसके असहयोग नगरौ। आवेगमा नबोलौं; किन आफैलाई अरुको आखाको पिरो धुवाँ सरि बनाउने? आवेगमा बोल्दा परेको असर येति सम्म हुन सक्छकि सुन्नेलाई बोल्नेको अगाडी कहिलै नपरौं जस्तो, परिहाले कसरि तर्कौं जस्तो। यी सबै कुराले समाजलाई नै क्षति हुनेहो, तपाइलाई मलाई हुने हो। सामान्य क्षति ठिकै हो, अपुरणिय क्षति हुनु भन्दा पहिले सोच्ने बानी बसालौं। आज भन्दा केहि वर्ष अघि मेरो एउटा अङ्कल विभिन्न कारणले मृत्यु अंगाल्न वाध्य हुनुभो, फेसबुकमा रोइलो, अर्को वर्ष फेरी उस्तै व्यवहार एउटा अर्को प्रति। अहिले अर्को अङ्कलको तेसै गरी देहावसानभो, फेरी उही पारा, फेसबुकमा रोइलो । मैले समबेदना नलेखौं भन्न खोज्या होइन, सामाजिक संजालमा नाटकीय पाराको रोइलो बन्द गरौँ भन्न खोज्या हो | श्रद्धान्जली शब्द लेखौं तर उचित तरिकाले।

अरुको अगाडी छुद्र नबनौं, पछाडी अरुको क्षमताको गलत आंकलन पनि नगरौं। प्रकृति प्रदत्त क्षमता सबैमा हुन्छ। अङ्कुरित हुने अनुकुल वातावरण को अभावमा सुषुप्त रहेको हुन सक्छ, समयको कुरो हो। डोनाल्ड ट्रम्प ७० बर्षको उमेरमा रास्ट्रपति भए, जबकि बाराक ओबामा ५२ बर्षमा सेवानिवृत भए। सबैको आफ्नो समय रेखा हुन्छ, कसैलाई नहेपौं। सके आफ्नो ठाउँ बाट सहयोग गरौँ नसके चुप लागेर समयको नतिजा कुरौं, समयले जवाफ दिने नै छ। ज्ञानको खोजिमा लागौं, तेस्मै सबैको भलो हुनेछ।

हामी वैदिक ज्ञानको छहारी मा हुर्क्या हौँ तर हामीलाई तेस्को अनुभव हुन छाड्या छ। ज्ञान बाट अहिलेको समाज टाढिदै छ। समस्या ज्ञानबाट टाढिनुमा भन्दा पनि टाढिएको आभाष नहुनु हो । आभास हुनु जीवन्तताको संकेत हो। तेस्ले झक्झक्याउने काम गर्छ। अहिलेको समाज जडतामा गुजुल्टिएको छ, फुकाउन नसक्ने गरी। चेतना जाग्न आहार विहार अनि सोच सहि हुनुपर्छ, परिवर्तन गरौँ। हामी आफ्नै सोचको पिंजडामा वन्दी छौं, तेस्लाई तोडौं।

अहिलेको समाज वैदिक ज्ञानको ढोंग रच्ने अनि खोक्रो आडम्बर देखाउने भाको छ, वास्तविकता अर्कै छ। हामी यथार्थवादी बन्नु आवस्यक छ। ज्ञानी दावी गर्नेहरु टपरीवादमा सिमित छन्, खोज अनुसन्धान र अध्ययन छैन। तैपनि रवाफमा २ / ४ जनालाई झुक्याएर जीवन निर्वाह गरेकै छन् , चलेकै छ। किनकि तेतिको सोच्ने मान्छेको पनि अभाव छ अहिले। वास्तविक ज्ञानको खोजमा लाग्नेहरु तेसैले गर्दा पिडित छन्। धाक धक्कु देखाउने हरु को बोलवाला छ। विशेष गरी चाकडिवाज ले प्रस्रय पाउँदा तेस्तो भैराखेको छ। हामीले के गर्दै छौं त्यो प्रकृतिले नयाँ पुस्तामा पुर्याउछ , जसको प्रतिफल आफै भोग्ने हो। नया पुस्ता बाट हामीले अपेक्षा गर्ने कुरा अहिले हामीले दिनुपर्छ, सिकाउनु पर्छ।

मैले यहाँ वैदिक ज्ञान को कुरो गरेको कुनै व्राम्हणवाद संग सम्बन्धित होइन, बरु वैज्ञानिकता सम्बन्धि हो, प्राकृतिक यथार्थता सम्बन्धित हो। वेद विश्वको सम्पूर्ण ज्ञान र विज्ञान को स्रोत हो। अझ भन्नु पर्दा पराविज्ञान हो, जुन अहिलेका ‘Quantum Field Theory ‘, Relativity अनि ‘Artificial Intelligence /Machine Learning ‘ को ज्ञान भएका वैज्ञानिक ले सोच्न र बुझ्न थाल्या छन् र अङ्गीकार पनि। हामी ज्ञानबाट विचलित छौं, तेसैले वास्तविकता बाट टाढा छौं। हाम्रो दिमागमा आउने कुराहरु फगत भ्रामक हुने गर्छन तेस्लाई संस्लेसण र विस्लेषण गर्न आबस्यक छ किनभने हाम्रो दिमागमा हुने न्युरोन्सहरुले हरपल काम गरिरहेका हुन्छन। हामीले देख्ने सपना र दिउसोको सोच मा फरक छैन। यी दुवै को स्रोत र कारक यौटै हो। मात्र सपना हाम्रो ईक्ष्या विना हुने गर्छन या भनौं हाम्रो नियन्त्रण बाहिर हुन्छ, सामान्य मानिसको लागि, भने दिउसो आउने सोचलाई तोडमरोड गर्न सकिने हुन्छ। अहिलेको बहुशंख्यक मानिष आवेग मा निर्णय गर्छन र सम्बेगात्मक पनि छन्, जुन अवैज्ञानिक संस्कृति हो । वैज्ञानिक संस्कृति विकसित गर्नु आबस्यक छ।

फेरी पनि समाजकै कुरो गर्नु पर्दा के छ भने समाजिक कार्यमा सहभागिता हुने तर सहानुभूति को लागि गोहीको आँसु झार्ने, सहयोग गर्या जस्तो पनि गर्ने खुट्टा तान्ने, विवाह भाड्ने तर भैहाल्यो भने भोज भतेरमा सामेल चाहिं हुने प्रथा पनि छ, त्यो सुधार्न आवस्यक छ। अन्तत ज्ञान नै सर्वोपरी छ तेस्कै खोजीमा लागौं , ज्ञान ले नै तपाई हामीलाई जीवित राख्छ, सुख दिन्छ। यी शव्द हरु भवितव्य परेर अकालमा र समाजको भौतिक आवस्यकताको दवाव सहन गर्न नसकी मृत्यु अंगाल्न पुगेका हरुमा समर्पित छन्। येतिकैमा वेदको यो मन्त्र सहित यो लेख अहिलेलाई पूर्णविराम लगाउछु। धन्यवाद।

सबै मृतात्मा प्रति हार्दिक श्रद्धान्जली !!

Meaning:

Lead us from the unreal to the real

Lead us from darkness to light

Lead us from death to immortality

Aum peace, peace, peace!

जय होस् सबैको।

ॐअसतोमासद्गमय ।

तमसो मा ज्योतिर्गमय ।

मृत्योर्मा अमृतं गमय ।

ॐ शान्तिः शान्तिः शान्तिः ॥

दयाराम शर्मा

ट्रिनिटी कलेज

भौतिक विभाग

प्रतिक्रिया