खेलकूदको विकासमा सरकारको सहयोग रहने–मुख्यमन्त्री कार्की

इनेप्लिज २०७९ माघ ६ गते २२:५३ मा प्रकाशित

विराटनगर,६ माघ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार खेलकुदको विकासमा सहयोग गर्ने बताउनु भएको छ।

उहाँले १२ औं संस्करणको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) स्पोर्ट्स मिटको आज शहीद रंगशालामा उद्घाटन गर्दै सो विचार व्यक्त गर्नु भएको हो ।

मुख्यमन्त्री कार्कीले यस क्षेत्रमा योजनाबद्ध तरिकाले खेलकुद पूर्वाधार निर्माण र आवश्यक दक्ष प्रशिक्षकको व्यवस्थामा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।

मुलुकमो नाम विश्वमा राख्न खेलकुद महत्वपूर्ण माध्यम भएको चर्चा गर्दै उहाँले विद्यालयस्तरमा खेलाडीहरुलाई आवश्यक शिप र प्रविधिका ज्ञान दिएमा सफलता प्राप्त गर्न सकिने धारणा राख्नु भयो ।

मुख्यमन्त्री कार्कीले खेललाई व्यवसायिकण गर्नु आजको आवश्यक्त्ता भएको औल्याउनु भयो ।

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालले निजी क्षेत्रसँग सहकार्य गरी खेलकुद क्षेत्रको विकासमा स्थानीय सरकारले कार्य गरिरहेको बताउनु भयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र प्याब्सनका प्रमुख सल्लाहकार तथा निर्वतमान अध्यक्ष टिकारम पुरीले तीन तहको सरकारले खेलकुद क्षेत्रको विकासमामा विशेष जोड दिनु पर्ने धारणा राख्नु भयो ।

स्पोर्ट्स मिटमा मोरङ जिल्लाभरीका २२० वटा प्याब्सनमा आवद्ध विद्यार्थीहरुले भाग लिएका छन् ।

स्कुल तहदेखि खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्याब्सनले स्पोर्ट्स मिट गर्दै आएको प्याव्सन मोरङ अध्यक्ष शितला सुव्वाले जानकारी दिनु भयो ।

प्रतिक्रिया