साहित्यसागर सताङ्क  लोकार्पण तथा श्रष्टासम्मान कार्यक्रम सम्पन्न

इनेप्लिज २०७९ माघ ४ गते १०:३३ मा प्रकाशित

काठमान्डौ माघ २

सन २०१८ देखि विद्युतीय स्तरमा प्रकाशित हुँदै आएको डिजिटल पत्रिकाको सयौँ शृङ्खला हिजो एक बिशेष समारोह माझ लोकार्पण भएको छ।

साहित्यसागरका संस्थापक तथा प्रधान सम्पादक मणि नेपाली पनेरुको सभापतित्वमा प्रमुख अतिथि प्राडा वाशुदेव त्रिपाठीले लोकार्पण गर्नु भएको हो। पत्रिकाका प्रवन्ध सम्पादक सुरेन उप्रेतीले सँयोजन गर्नु भएको भर्चुअल जुम मार्फत सम्पन्न उक्त समारोहमा सम्पादक रमेश सुभेक्षुले स्वागत भाषण दिँदै उपस्थित सहभागीहरुको स्वागत गर्नु भएको थियो। उक्त अवसरमा बिभिन्न विधा मार्फत साहित्य सागरका १ देखि ९९ शृङ्खलामा सर्वाधिक योगदान पुर्याउने स्रष्टाहरुलाई सम्मान गरिएको छ।

सम्मानित हुने श्रष्टाहरुमा अनुवादमा हरिहर खनाल, चितवन, नेपाल, सीताराम अधिकारी, गोरखा नेपाल, कथा वा आख्यान माया ठकुरी, ललितपुर, नेपाल, त्रिलोचन ढकाल, स्याङ्जा, नेपाल, दिव्य गिरी, ललितपुर ,नेपाल, कविता रमेश खकुरेल , काठमाडौँ, नेपाल, भुवनहरि सिग्देल , काठमाडौँ नेपाल, निबन्ध, नरनाथ लुइटेल , भोजपुर, नेपाल, विनयकुमार शर्मा नेपाल, काठमाडौँ, नेपाल, समिक्षामा डा. विष्णु के.सी, रामेछाप, नेपाल, डा. सृजना शर्मा, आसाम, भारत,नविन पौड्याल, कालिम्पोङ भारत सम्मानित हुनु भएको छ। त्यसै गरी जीवनी विधामा नरेन्द्रराज प्रसाईं, ताप्लेजुङ नेपाल, गजलमा पुरु लम्साल, नुवाकोट, विपिन अवस्थी , इलाम, नेपाल, गीत विधामा कृष्णहरि बराल, सिन्धुली ,नेपाल, मुक्तक नवराज रिजाल, बारा नेपाल, यादव भट्टराई , भैरहवा, नेपाल, नाटक विधामा आकाश अधिकारी , तनहुँ नेपाल, बालसाहित्यमा गङ्गा कर्माचार्य पौडेल, स्याङ्जा नेपाल, भारद्वाज मित्र, सिन्धुपाल्चोक, नेपाल र बालप्रतिभामा कुञ्जल शुभेच्छु लुइटेल, पाँचथर, नेपाल हुनुहुन्छ।

उक्त समारोहमा नरनाथ लुईटेल, डा गोविन्द सिंह रावत, माया ठकुरी, त्रिलोचन ढकाल, आकाश अधिकारी, पुरु लम्साल, अन्तरराष्ट्रिय साहित्य समाजका अध्यक्ष गोवर्धन पूजा, तारा उप्रेती, दिव्य लक्ष्मी पौडेल, गङ्गा कर्माचर्य पौडेल, तीर्थ अधिकारी, शिव प्रसाद जैशी, सुनील पौडेल, सन्तोष नीराले मोहन सिटौला, गोविन्द प्रसाद गौतम, कृष्ण सुवेदी, कृष्ण अधिकारी, सन्तोष नीरा, भोला चालिसे, कुन्जल लुईटेल आदिले आ आफ्न रचना सुनाउनका साथै शुभ कामना सन्देश व्यक्त गर्नु भएको थियो।

प्रतिक्रिया