रेणु गुप्ता
सरिता अर्काको घरधन्दा गर्थिन् । लोग्ने बिरामी थिए । दुई साना छोराछोरी । हातमुख जोड्न धौ धौ परेको यियो । बिरामी लोग्नेको स्याहार र छोराछोरीको मुखमा माड पु¥याउन कठिन संघर्ष गरिरहिन् । उपचार गराउन सकिनन् । लोग्ने गुमाइन् ।
मृतकप्रति सहानुभूतिको आँसुका थोपाहरु खसालिए छिमेकीबाट । अलिकति घडेरी थियो । त्यही बेचेर भए पनि श्राद्ध गर्नुपर्छ भन्ने दबाब दिए सबैले । सरिताले ऋण लिइन् । छिमेकीको चाहनाअनुसार नै भोज भयो श्राद्धको ।
थुप्रै केटाकेटी लाइनमा बसे । सरिताका छोराछोरी पनि बसे । भोज खाए । पेटभरि टन्न खाएपछि छोरो दौडिँदै आयो र भन्यो – “आमा अब सधै हाम्रो घरमा यस्तै भोज गर्नू, मिठो –मिठो खान पाइन्छ ।” आँखाभरि आँसु लिएर सरिता छोराको अनुहारतिर हेर्न थालिन् ।
रौतहट
प्रतिक्रिया