“साँगीतिक दूनियाँमा  “चस्किन्छ यो मुटु” सार्वजनिक

इनेप्लिज २०७९ पुष २७ गते २२:३६ मा प्रकाशित

क्यानाडाको एडमण्टन शहरमा रहेका गायक तथा कलाकार निश्चल नेपालको ‘चस्किन्छ यो मुटु’ बोलको गीत सार्वजनिक भएको छ । आफ्ना प्रेयशी र प्रियतमको विछोठमा हुने पिडा गीतमा व्यक्त गरिएको छ । एक साथ हुँदा जस्तासुकै वाधा अड्चन र अप्ठ्यारा परिस्थितिहरूलाई पनि सहज ढंगले समाधान गर्न सकिन्छ । रातदिन, पलहरू तिम्रै सम्झनामा बितेका छन् । यो नेपालका अधिकाँस प्रेमिल जोडीहरूको यथार्थ हो । समय र परिस्थिति प्रतिकुल हुँदा बिभिन्न देशमा पुग्नु परेका यूवायूवतिको पिडा हो यो । गीतकार डिपी खनालका मर्मस्पर्शी शबदहरूमा संगीतकार नविन कार्कीले उस्तै बेजोड जादूमय संगीत दिनु भएको छ । यसैगरी गीतको एरेन्जमा विशाल निरौलाले भूमिका निर्वाह गर्नुभएको छ ।

 गीतमा आवाज भनौ स्वरको त झन कुरै भएन । गायक निस्चल नेपालले प्रवासका नेपालीहरूको मन नै चोरी सक्नु भएको छ । हरेक पर्वहरू र सांस्कृतिक माहोलहरूमा उहाँको संगीत बिना कार्यक्रम नै खल्लो लाग्दछ । त्यस्तै उदयमान गायिका अस्मिता अधिकारी नेपाल आइडलले पहिचान गरेकी उम्दा गायिका हुन । उनका स्वरमा लाखौँ नेपालीहरू फिदा बनेका छन् । स्वर र रूपको बेजोड मिलन भएकी अस्मिता भगवानले फुर्सदमा बनाएकी कलाकार हुन भन्दा पनि अत्युक्ती नहोला । 

गीतको म्यूजिक भिडियो निष्चल आफैँले बनाएका हुन् । यस गीतमा दुवै गायकगायिकाले मोडलको भूमिका पनि निर्वाह गरेका छ्न । अझ यसलाई गायकगायिकाले एकअर्कालाई हेरेर । उसैलाई भने झै गाएको भए सुनमा सुगन्ध नै हुने थियो होला । सुन्दर गायकगायिकाहरूलाई हेर्दा र सुमधुर संगीतमा गीत सुन्दा आनन्द प्राप्त हुनेछ ।

म्यूजिक भिडियोलाई गायिका अस्मिता अधिकारीको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो । प्रवासको भूमिमा रहेर पनि नेपाली भाषा संस्कृति र संगीतमा अनवरत रूपमा लाग्ने यूवा हुन निष्चल । निश्चलले नेप्लिज क्यानेडीयन सोसाइटी अफ एडमन्टनले आयोजना गर्ने कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिने गरेका छन्। साथै निश्चलले क्यानाडाका धेरै शहरहरुमा र अमेरिकामा पनि आफ्नो सांगितिक प्रस्तुति दिँदै आएकाछन। गीतको भिडियो हेर्नको लागि तलको लिंकले गीतमा पुर्याउने छ ।

प्रतिक्रिया