लघुकथा -ठट्टा

इनेप्लिज २०७९ पुष २५ गते ११:२८ मा प्रकाशित

अरुणबहादुर खत्री “नदी”

कृष्णप्रसादले आफ्नो पदोन्नति भएको खुसीयाली मनाउँदा आफूसँगै बसेर कामगर्ने सीतारामलाई भने – सीतारामजी १ तपाईलाई म आज वियर खुवाउँछु । तपाईले वियर खान सक्ने जति खुवाउँछु है । सीतारामले भने – सर मैले वियर खान छाडेको दस वर्ष बित्यो । म वियरको सट्टामा कोकोकोला वा कुनै अरु पेयपदार्थ खान्छु । कृष्णप्रसादले भने – त्यसो भए म तपाईलाई कोकोकोला नै खुवाउँछु । तर सीतारामलाई उनले कोकोकोला खुवाएनन् ।

अफिसमा अन्य साथीहरुलाई सीतारामले भन्यो – मलाई कृष्णप्रसाद सरले बढुवा भएको उपलक्ष्यमा वियर खुवाउँछु भन्नु भएको थियो, मैले कोकोकोला नै खुवाउनु भए पनि हुन्छ भने तर उहाँले खुवाउँन मान्नु भएन । तपाईले वियर खानु हुँदैन भन्ने थाहा पाएर कृष्णप्रसाद सरले तपाईलाई वियर खुवाउँछु भन्नु भएको होला नि त्यति पनि बुझ्नु भएन ? भनेर अर्का साथी हरिप्रसादले भने । आफ्नो सोझोपनालाई सरले ठट्टाको विषय बनाएको थाहा पाएर सीतारामलाई साह्रै नमज्जा लाग्यो । सीतारामको आँखाबाट मलाई सरले उडाउनु भएको पो रहेछ भनेर आँसु बग्यो ।

सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं

प्रतिक्रिया