नेप्लिज क्यानेडियन क्रिकेट क्लब (एनसीसि) को चौथो वार्षिक साधारण सभा  सम्पन्न:

मदन बस्नेत, क्यानाडा २०७९ पुष २४ गते १६:३० मा प्रकाशित

मदन बस्नेत, क्यानाडा। नेप्लिज क्यानेडियन क्रिकेट क्लब (एनसीसि) को चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ।

क्यानाडाको ब्राम्टन स्थित एभरेष्ट तेक्वान्डो एकेडमीमा जनवरी ७ तारीख शनिबारका दिन सम्पन्न उक्त साधारण सभामा क्लबका विविध गतिविधिका बारेमा व्यापक छ्लफल गर्नुका साथसाथै बार्षिक प्रतिबेदन पनि प्रस्तुत गरिएको थियो । क्लवका सचीव विनय यादवका अनुसार सभामा आर्थिक तथा बित्तीय विबरण प्रस्तुत गर्नुका साथै क्लबका बिभिन्न भावि योजनाहरुको बारेमा छलफल भएको थियो।

साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने बिभिन्न प्रयोजक तथा सुभेक्षुकहरुलाई नेपलिज क्यानडियन क्रिकेट क्लब (एनसीसि ) ले बिशेष धन्यवाद ज्ञापन गरेको छ।

साधारण सभामा क्यानाडामा बसोबास गरेका विभिन्न पेशा र ब्यबसायमा संलग्न ब्यक्तित्वहरुको साथसाथै क्लबका सदस्यहरू, सहयोगी, सुभेक्षुक, प्रायोजक तथा नेपाली समुदायका विभिन्न संघ संथाका प्रतिनिधिहरुको अलावा खेलप्रेपी नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया