यो बिश्व मै एकजना ब्यक्ति मात्र छन् जसले बडामहाराज धिराज पृथ्वीनारायण शाहले जस्तो कार्य गरेका थिए ती महान पुरुष प्रसिया(Prussia )का प्रधानमन्त्री (चान्सलर) बिस्मार्क जसले जर्मनको एकिकरण गरेका थिए।
श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह कति महान थिए भने त्यस्तो प्रतिकुल अवस्थामा पनि राष्ट्र निर्माण गरेर आज हामीलाई नेपाली बन्ने सौभाग्य प्रदान गरे, यस्ता महान सपुतलाई सम्झना मात्र गर्दा पनि गर्वले छाती फुल्छ।
अन्तिममा बिश्वभर रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरु यही आउँदै गरेको पौष २७ गतेका दिन उनै एकताका प्रतिक लाई सम्झदै जन्मजयन्ती मनाएर आफुलाई नेपाली भएकोमा गर्व गरौं ।
जय पशुपतिनाथ
कमला प्रसाईं
Write to Kamala Prasai
प्रतिक्रिया