लघुकथा-नयाँ पसल

अरुणबहादुर खत्री “नदी” २०७९ पुष २० गते ११:०५ मा प्रकाशित

बिहान म बिरामीले खानको लागि कुखुराको मासु किन्न मासु बेच्ने पसलमा पुगे । ‘मलाई डेढ पाउँ जति कुखुराको छाती दिनुस् न साहुनी मैले भने । साहुनीले मलाई दिन कुखुराको मासु काट्न लाग्दा ‘हड्डी बोसो र छाला चाहि सकेसम्म नदिनुहोला नि मैले बिरामीले खानको लागि कुखुराको मासु किन्न आएको हु’ं भने । साहुनीले डेढ पाऊ जति मलाई कुखुराको मासु जोखेर मसिनो टुक्रा पारेर दिइन् । मैले ‘कति रुपैँया भयो साहुनी’ भने । साहुनीले ‘एकसय पाँच रुपैया भयो’ भनिन् । मैले आफ्नो गोजीबाट साहुनीलाई एकसय पाँच रुपैँया निकालेर दिए ।

मासु घरमा लगेर भान्छे श्रीमतीलाई दिए । श्रीमतीले ‘हजुरले त मासु भन्दा धेरै हड्डी र छाला पो ल्याउनु भएछ नि भनिन् । ‘बिरामीको लागि मासु किन्न आएको हुं भन्नु भएन मासु बेच्ने पसलमा’ भनिन् । ‘बिरामीले खानको लागि कुखुराको छाती किन्न आएको हुं किन नभन्नु नि’ मैले भने ।

‘अबदेखि त्यो पसलमा म मासु किन्न जाँदिन अर्कै पसलमा गएर मासु किनेर ल्याउछु’ मैले भने । अर्को पटक अर्कै पसलमा गएर मासु किनेर ल्याए । अर्कोपटक अर्कै नयाँ पसलबाट मासु किनेर घरमा लैजादा ‘आज त बिरामीले खाने जस्तो राम्रो फल मासु ल्याउनु भएछ नि’ श्रीमतीले भनिन् । ‘पहिलो पटक किन्न गएको भएर सधैं म आज मासु किनेको पसलमा किन्न जान्छु भनेर राम्रो मासु दिएको हुन सक्छ’ मैले भने । मेरो कुरा सुन्न नपाउंदै श्रीमतीले ‘अब अर्को दिन मासु किन्न जाँदा अर्कै नयाँ पसलबाट किनेर ल्याउनु नि त’ भनिन् ।

पसलबाट किनेर ल्याएको मासुको हड्डी, छाला र बोसो बिरामीले खान हुने नभएपछि खेर फाल्नुको सट्टा घरको छतमा लगेर कागले आएर खान्छ भनेर राखे । छतमा राख्न नपाउँदै काग मासुको गन्धले कराउँदै आयो र हड्डी, बोसो र छाला टिपेर लगेपछि मेरो मन निकै खुसी हुन पुग्यो ।

                                 सामाखुसी साहित्य समाज,
                                   सामाखुसी मार्ग, ९३५÷५४,                                   सरकारी धारा, काठमाडौं 

मोबाइल नं. ९८४१७९७६६४

प्रतिक्रिया