ग्यासको सिलिण्डर रित्तो भएपछि घरनजिकैको ग्यास विक्री गर्ने पसलमा पुगेर खाली भएको ग्यासको सिलिण्डर दिएर आफ्नो नाम लेखाए । एक हप्तापछि गाडीबाट ग्यास झार्दै गरेको मैले देख्न पुगे । ग्यास झार्दै गर्दा ग्यास बेच्ने साहुजीलाई आज झारेको ग्यास मैले पनि पाउछु कि साहुजी भने । आज तपाईले पाउनु हुदैन अर्को पटक ग्यास आउँदा पाउनुहुन्छ साहुजीले भने । अब अर्को पटक ग्यास छिटै आएन भने ग्यासको सटेज भयो भने मलाई आपत पर्छ भन्ठानेर ग्यासको के ठेगान भनेर मेरो घरमा ग्यासको अभाव छ साहुजी एक सिलिण्डर ग्यास जसरी भए पनि आजै मलाई दिनु नि मैले विनम्रसँग भने । त्यसो भनेपछि एक सिलिण्डर ग्यास मलाई दिनु भयो ।
मैले ग्यास किनेको भोलिपल्टै रातको बाह्र बजेपछि ग्यासको मूल्य प्रति सिलिण्डर पच्चिस रुपैँया घटेको समाचार सुन्न पुगे । ग्यासको मूल्य घटेको समाचार सुनेपछि मैले हिजो मात्रै साहुजीसंग मैले हत्ते गरेर ग्यास लिए । आजबाट ग्यास घट्न पुग्यो मलाई त उल्टो पच्चीस रुपैँया नोक्शान पर्न गयो नि साहुजीले अर्को पटक आउँछ तपाईको पालो भन्नु भएको थियो । मैले आफ्नो पालो आउँदा नै ग्यास लिन कुरेको भए पच्चीस रुपैँया घटिमा लिन पाउथे नि मनमनै भने ।
-अरुणबहादुर खत्री “नदी”
सामाखुशी मार्ग, सरकारी धारा, काठमाडौं
प्रतिक्रिया