कवयत्री ताराले आफ्नो कवितासङ्ग्रह निस्केपछि समीक्षक कृष्णको नाम लेखेर पुतलीसडक स्थित एउटा पुस्तक विक्री गर्ने पसलमा “मेरो यो कवितासङ्ग्रह कृष्णजीले लिन आउदा दिनु है भनेर छाडिन् । आफ्नो कवितासङ्ग्रह पुस्तक छाडेपछि समीक्षक कृष्णलाई फोन गरेर “मेरो नयाँ कवितासङ्ग्रह पुतलीसडकको पत्रिका पसलमा लिन जानु है भनिन् । “हुन्छ ताराजी तपाईको कवितासङ्ग्रह म पुतलीसडकको पुस्तक पसलमा गएर लिन्छु नि” कृष्णले भन्छ ।
कृष्ण आफ्नो कार्यालय जान लाग्दा बिहानको साढे नौ बजेतिर ताराले कवितासङ्ग्रह छाडेको पसलमा पुग्यो र “मेरो नाममा एकजना साथीले कवितासङ्ग्रह मलाई दिनु भनेर छाड्नु भएको छ रे” भनेर माग्यो । पुस्तक बेच्ने पसलेले “तपाई बिहानै आउनु भयो मेरो केही विक्री भएकै छैन बोहनी नभईकन दिन मिल्दैन” भन्यो । “त्यसो भए आज म मलाई छाडेको कवितासङ्ग्रह नलिइकन जान्छु । अर्को दिन लिन आउछु नि” भनेर कृष्ण फर्कियो । अर्को दिन कृष्ण बेलुका कार्यालयबाट घर फर्कदा त्यही पुस्तक बेच्ने पसलमा पसेर “फेरि आज लिन आएको छु” भन्यो । “हेर्नुु न आज पनि यो पसलमा कसैले केही किन्न आएकोे छैन कसरी म तपाईलाई तपाईको साथीले छाडेर गएको पुस्तक दिउँ त” पत्रिका बेच्नेले भन्यो । “एकछिन म तपाईको पुस्तक पसलमा कोही ग्राहक आउछन् कि हेरेर बस्छु नि त कृष्णले भन्यो र कृष्ण बसेको आधा घण्टा बितेपछि एकजना ग्राहक आएर किताब किनेर लग्यो । ग्राहकले किताब किनेर लगेपछि “साहुजी तपाईको बोहनी भइहाल्यो अब दिनु नि त मलाई छाडेको किताब” कृष्णले भन्यो ।
“सरी है, तपाईलाई छाडेको किताब त मेरी छोरी यस पसलमा बस्दा विक्री गर्ने किताब होला भनेर अर्कैलाई बेचेर दिएछी नि” पुस्तक पसलको साहुजीले भने ।
-अरुणबहादुर खत्री “नदी”
सामाखुशी मार्ग, सरकारी धारा, काठमाडौं
प्रतिक्रिया