युएईमा २०२२ एक बर्षभित्र १ सय ५० जना नेपालीहरुको मृत्यु

लालबहादुर ढेंगा, दुबई, युएई २०७९ पुष १६ गते १०:२७ मा प्रकाशित

दुबई । बैदेशिक रोजगारीका लागि खाडी मुलुकहरुमध्ये युएईको नाम पहिलो पङ्तीमा आउने गर्दछ । नेपाली कामदारहरुका लागि धेरै माग रहेको र हर प्रकारका काम सहजै रुपमा पाउने भएकाले रोजगारदाताहरुलाई युएई पहिलो रोजाईमा पर्न गएको हो । पछिल्लो समयको दातालाई नियाल्ने हो भने अझै दिनाहुं भित्रिने क्रम बद्दो देखिन्छ । काम गर्नेदेखि लिएर भ्रमण भिसाको शुलभ सुविधाले गर्दा प्रवेशमा सरल बन्दै गएको हो ।

युएई भन्नाले युनाइटेड अरब इमिरेट्स बुझिन्छ । दुबई, अबुधावी, शारजाह, अलऐन, अजमान, रसअल खैमाह र फुजेराह सातवटा राज्यको संयुक्तमा बनेको देश भनेर चिनिने गर्दछ । दुबई युएईको मात्र नभईकन बिश्वको नै प्रसिद्ध सहरमा गनिन्छ । यहांको राष्ट्रिय भाषा अरबी हो भने राजधानीको रुपमा अबुधावी रहेको छ । युएईलाई बिश्वको नै अग्लो टावर बुर्ज खलिफाले पनि चिनाएको हुन्छ । यो देशले तिव्र रुपमा बिकासको फड्को मार्दै सबैको हितमा राम्रो कानुन व्यवस्थापन गरेका कारण बिश्वको नै ध्यान आकर्षित हुने गर्दछन् ।

नेपाली रोजगारदाताहरुलाई यूरोप राष्ट्रहरुमा जानका लागि धेरै प्रक्रियाहरु पु¥याउनुका साथै चर्को मूल्य चुकाउनु पर्ने भएकाले सबैजनाको पहुचबाट टाढा पाईन्छ । तर, पनि आ–आफ्नो रोजगारीको शिलशिलामा बिश्वको कुना– कुनामा पुगेका हुन्छन् । धेरै जसोले खाडीका विभिन्न राष्ट्रहरुमा रोजगारीको गन्तव्य बनाएका छन् भने कतिपयले यूरोप र एशियामा आफ्नो भविश्यलाई प्रयास जारी राख्दै छन् । रोजगारको सन्धर्भमा हामीहरु जुन देशमा गएता पनि उच्च शिक्षा, कला र शिप भएमा आफुले रोजेको र खाजेको काम सजिलैसंग पाउन सकिन्छ । नत्र भाग्य र परिस्थितिको आधारमा चल्नबाध्ये हुनु पर्दछ । कुनै पनि राष्ट्रमा रोजगार या भ्रमणको लागि जान्छौ भने त्यस देशको कानुन व्यवस्थापन र काम पाईने तरिकाको राम्रोसंग अध्यन गर्न जरुरी हुन्छ ।

रोजगारीको शिलशिलामा आफ्नो घर परिवारलाई हर प्रकारका सुख र सुविधा दिने सपना बोकेर युएई छिरेका धेरै नेपालीहरुले बिदेशको भूमिमा ज्यान समेत गुमाउनु पुगेका छन् । नेपाली राजदूतावास अबुधावीको तथ्याङ्क अनुसार यहि २०२२ साल एक बर्ष भित्रमा विभिन्न कारणवंश १ सय ५० जनाले ज्यान गुमाएका छन् । जस्मा १ सय १६ जना पुरुषहरु रहेका छन् भने १४ जना महिलाहरु रहेका छन् । विगतका तथ्याङ्क हेर्ने हो भने सन् २०१९ मा ९७ पुरुष ५ महिला रहेका छन् । त्यसैगरी सन् २०२० मा १ सय ९७ पुरुष ७ जना महिला र सन् २०२१ मा १ सय २५ जना पुरुष १३ जना महिलाहरु रहेका छन् । दुबईको एउटा हस्पिटलमा २ जना महिलाहरु कोमाको अवस्थामा उपचार चलिरहेका छन् । त्यसैगरी केहि कारणवंश विभिन्न जेलहरुमा १ सय ९५ पुरुष र १६ जना महिलाहरु विभिन्न कानुनी अभियोगमा सजाए काट्दै रहेको तथ्य आएको छ ।

हामीहरु बिश्वको जुनसुकै देशमा प्रवेश गर्छौ त्यस देशको कानुनलाई राम्रोसंग अध्यन र पालना गर्नु अति आवश्यक हुन्छ । कहिले काही कानुनको ज्ञानको अभावले गर्दा अनावश्यक कानुनको दायरामा पर्नेदेखि लिएर जोखिमपूर्ण दुर्घटनाको सिकारमा पनि पर्ने गर्दछ । जुनसुकै ठांउमा रहेता पनि कानुनलाई पूर्ण रुपमा सहयोग गर्नू हाम्रो परमकर्तव्य बन्दछ । एउटाको गल्तीले गर्दा पूरा परिवारलाई नै असहज र धेरै पीडाको सामना गर्न पर्दछ । त्यस कारण हामीहरु बिदेशी भूमिमा रहदा धेरै कुराहरुको ख्याल गर्नु अति आवश्यक रहन्छ । हामीहरुले समयमा नै धेरै कुराको बिचार पुर्यायौ भने भविश्यमा हुने नुक्सानबाट केहि हदसम्म बच्न सकिन्छ ।

प्रतिक्रिया