– अरुणबहादुर खत्री “नदी”
नमस्ते आधुनिक लघुकथा मञ्चले निकालेको लघुकथाको सुगन्ध अङ्क–४ २०७९ भदौमा प्रकाशित भएको छ । यस भित्र अङ्कुर चन्द, अनन्त राज उपाध्याय, अनुराग अरुण, अम्बिका धिताल, अरुणबहादुर खत्री नदी, इन्दिरा गौतम, इन्दिरा चापागाई लगायत १३२ जनाका लघुकथाहरु समावेश गरिएका छन् । अङ्कुर चन्दको उजेलीको पीडा शीर्षकको लघुकथामा उजेलीको के दोष छ ? विचरी छोराको आसै आसमा सातआठ पटक गर्भपतन गराएको पीडा मनमा छचल्किरहेको छ भनेर लेखिएको छ । आर्त अकुलितको हाकिम साहेब शीर्षकको लघुकथामा अनुहारमा मौनताको कालो बादल लागेको देखिने हाकिम साहेबको कुनै जवाफ आउन सकेन । कमला देवकोटाको विवशता शीर्षकको लघुकथाभित्र छोराले सुखदुःख सहनुपर्छ । घरमा बसेर समस्या समाधान हुन्छ ? कमाउनु, देश फर्कनु इज्जतले भनिएको छ ।
देवेन्द्र अर्याल आसुको झन्डा शीर्षकको लघुकथामा जब विद्यालयमा आतङ्कवादी हमला हुँदा उसले साहादत्त प्राप्त गरेको कारण ऊ ती थुप्रै झन्डाद्वारा अहिले विभूषित भएको थियो भनेर लेखिएको छ । कर्ण दयालको औँठा छाप शीर्षकको लघुकथामा उजेलीका श्रीमान बिदेशमा राम्रो कमाई गर्थे । यो कुरा गाउँको धिरे शाहलाई पनि थाहा थियो । त्यसैले उनी उजेलीलाई जति पनि सामान उधारोमा दिन्थे भनिएको छ । इन्दिरा चापागाईको आगो शीर्षकको लघुकथामा आफ्नाहरु, आफन्तहरु खुसी हुँदै आएर मेरो प्रशंसा गर्दै आगो ताप्न थाले भनेर लेखिएको छ । इन्द्रकुमार श्रेष्ठ सरितको सुहानी सिमली शीर्षकको लघुकथामा सुहानीको रुप हेरेर यिनको उमेर खुट््याउन सकिन्न । जहिले हेरे पनि यिनलाई गधे पच्चिसी पार नगरेझैँ देखिन्छ भनिएको छ ।
खगेन्द्र बस्यालको चाहेकै यही शीर्षकको लघुकथामा मिठो मानेर खाना खाँदै सिर्जना भाउजू तपाईलाई सञ्चो नभए जस्तो लाग्यो । केही दबाई त मैले कतै काम लाग्ला भनि सम्झेर साथमै लिएर हिँडेको हुन्छ अजयले भनेको छ । कौशिला अधिकारीले लेखेको बृद्धाश्रम शीर्षकको लघुकथामा उमेर डुब्न लागेकी आमालाई आफ्नै गाडीमा राखी बृद्धाश्रम पु¥यायो अर्पनले ऊ घर फर्किदा आमाले एक बाबु राम्रोसँग घर जा है भनिन् भनेर लेखिएको छ ।
म्यामराज राईको आत्मसम्मान शीर्षकको लघुकथामा तिम्रो लागि जे पनि गर्न सक्छु । तयार छु । श्यामले राधालाई असाध्यै मन पराएको खुलासा गरेको छ । मित्र उराठी गौतमको पिर शीर्षकको लघुकथामा तुलसीको मठ नजिकै मृत पत्नीको देहलाई अङ्गालो हाल्दै घुँक्क घुँक्न गरिरहेका भक्तिराम बाजेलाई सम्झाउने प्रयासमा छिमेकी आफन्तहरु भन्दैछन् यस्तै हो बाजे पिर नगर्नुस् । पिर लिएर पनि अब केहि गर्न सकिन्न भनेर लेखिएको छ । दुर्गा वनवासीको छोरो शीर्षकको लघुकथामा आमाले जान मन गर्नुभएकै छैन । फेरि आफू एक्लो छोरो कसरी जानु भन्नु र बूढी भएकी आमालाई भनिएको छ । बाबुराम न्यौपाने उत्सले भूकम्प शीर्षकको लघुकथामा भुँइचालोले ध्वस्त सहरलाई पुनर्जीवित गर्न स्वयंसेवकको रुपमा म पनि खटिरहेको थिए । केही पर बसेर एकजना बृद्ध मानिस निकै बेरदेखि मलाई हेरिरहेका थिए भनेका छन् ।
लघुकथा कथातत्वले पूर्ण भएका ससाना कथा, छोटा कथा हो । लघुकथा जीवनका विभिन्न क्षणविशेषमा लेखकले अनुभूत गरिरहने सूक्ष्म आत्मबोधको सटीक अभिव्यक्ति हो । लघुकथामा संवादको पनि प्रयोग गरिन्छ । सुरेशकुमार पान्डेको बुढो नोकर शीर्षकको लघुकथामा एक दिन पधेँरोबाट पानी भरेर घर आउँदा घरमा बुहारीका साथीहरु आएका रहेछन् । उनले गाग्रो बिसाएर बुहारी छेउ पुगे । तर बुहारीले उनको परिचय कसैसँग गराइनन् । उनले आफैँ नमस्कार गरेर बाहिरिए । मधुसुदनप्रसाद घिमिरेको रुवाइ शीर्षकको लघुकथामा म अविरल बगिरहने नदी मैले सबैलाई सकुन्जेल सेवा दिएँ । मेरो नाममा मलाई सफा गर्ने भनेर बिदेशीलाई ठगी गरेर मोटो रकम यहाँका टाउकेहरुले खान्छन् भनेका छन् ।
रचना शर्माको ओखती शीर्षकको लघुकथामा लामो समयको अध्ययनपछि शमा डाक्टर अशोक शर्मा भयो । बिरामीको सेवा गर्न आफ्नै गाउँमा आयो । यता बर्माचाहिँ अशोक अथवा अशोके नामले चिनिएको छ । योगप्रसा उपाध्याय चापागाईको लाठी शीर्षकको लघुकथामा तिम्रो लाठीको के काम ? खै तिमीले त्यति राम्रो धान फल्ने खेत रोप्न सकेनौ । शुक्रबार आउने शब्दको अपेक्षामा रामप्रसादले बोलेको छ । गंगा खड्काको स्वस्थ सम्बन्ध शीर्षकको लघुकथामा शरीर बनाउन यत्रो एक्सरसाइज गर्नुको साटो मलाई काम सघाएको भए ज्यान पनि घट्थ्यो । सम्बन्ध नि स्वस्थ बन्थ्यो भनिएको छ । निरज कोइरालाले झन्डा शीर्षकको लघुकथामा झन्डा ओडाउन लागेको देखेर कानेखुसी भए पनि प्याच्च बोल्न आँट गरेनन् वडा अध्यक्षसँग । हावाले झन्डा उडाएर पानीतिर झारेको छ । यमुना प्रधानाङ्ग मुनाको परिवर्तन शीर्षकको लघुकथामा दिलरुपातिर हेर्दै रुपलताले यसले हामी कसैलाई थाहै नदिई सुटुक्क बिहे गरी नि अदालतमा गएर शीलालाई भनेकी छिन् । लीलाराज दाहालको श्राद्ध शीर्षकको लघुकथाभित्र बाआमा हिँडेपछि दुर्गाप्रसादको घर युद्धबिरामपछिको मैदान जस्तो शान्त भएको थियो । ललिता दोषीको पूरा वाक्य शीर्षकको लघुकथामा आश्माले खुसीको आँसु झार्दै अमृतालाई अङ्कमाल गर्छिन् । राम्जि रानाभाटको कमिलाको झगडा शीर्षकको लघुकथामा एउटा घरमा कमिलाको एउटा परिवार भान्छा कोठाको नजिकै दुलोमा बस्थ्यो । त्यो कोठामा छोरा मान्छेहरु बस्थे । सँगै बस्दै जाँदा कमिलाहरुले ती मान्छेका बारेमा जान्ने मौका पाएका थिए ।
प्रा.डा. कपिल लामिछानेले हन्तकाली शीर्षकको लघुकथामा चित्रकलाको विषय विद्यालय थियो । विद्यालयसित सम्बन्धित चित्रकला बनाउनु थियो । आधारभूत तहका छात्रछात्रा प्रतियोगितामा सहभागी भएका थिए भनेर लेखेका छन् । मिलन समिरको हारजीत शीर्षकको लघुकथा डाक्टरले उनलाई अत्यधिक खुसीका कारण हृदयघात भएको भन्दै मृत घोषणा गरे भनेर टुंगिएको छ ।
प्रकाशन मितिः २०७९ भदौ
प्रकाशकः नमस्ते आधुनिक लघुकथा मञ्च नेपाल
मूल्यः रु.३५०।–
पृष्ठः १५४
सामाखुसी मार्ग, ९३५÷५४, काठमाडौं
प्रतिक्रिया