सरोज खनालद्वारा निर्देशित पहिलो चलचित्र बगान भर्जिनियामा प्रदर्शन हुने

इनेप्लिज २०७९ पुष १४ गते २:२३ मा प्रकाशित

कलाकार सरोज खनालले निर्देशित गरेको पहिलो चलचित्र बगान भर्जिनियामा प्रदर्शन हुने भएको छ । उक्त चलचित्र अमेरिकाको भर्जिनियामा प्रथम प्रदर्शन हुने छ भने स्वयम् कलाकार सरोज खनाल अमेरिका आई पुगेका छन् । यस चलचित्रका निर्माता सुरेश वाग्ले हुन् ।

उनि पनि दर्शकसंगै बसेर चलचित्र हेर्ने भएका छन् । यो अल्पायु मै बिधुवा भएकी आमाको आफ्ना सन्तान प्रतिको दायित्व र त्यसमा आमा प्रती सन्तानको कर्तव्यका साथै मानव जीवनमा शिक्षाको महत्वबारे समसामयिक कथामा तयार गरिएको चलचित्र हो । कलाकारहरुमा निर शाह ,बसुन्धरा भुसला। मिथिला शर्मा ,करिस्मा मानन्धर ,सरोज खनाल ,आकाश श्रेष्ठ ,प्रमिला कार्की लगायत रहेका छन् ।

चलचित्र प्रदर्शन आगामी जनवरी ८ आइतबारका दिन भर्जिनिया राज्यको फेयरफ्यास स्थित सिनेमा आर्ट थेटर नामक चलचित्र मन्दिरमा प्रदर्शन हुनेछ । चलचित्र प्रदर्शन दिउसो ३:३० मा हुनेछ । अमेरिका र क्यानडामा प्रदर्शन गर्न सरोज खनाल तथा सुरेश वाग्लेलाई सम्पर्क गर्न सकिने सरोज खनालले ईनेप्लिजलाई बताए ।

टिकटको लागि सरोज खनाल,सुरेश सापकोटा,नविन केसी,दिपक शर्मा तथा पुस्कर पन्तलाई सम्पर्क गर्न सकिने छ। सरोज खनालले यस क्षेत्रमा बसोबास गर्ने सबैलाई चलचित्र हेर्न आउन अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया