दशैंको टिकाको दिनमा घर नजिकैको फलफूल पसलमा फलफूल किन्न पुगे । चार दर्जन केरा, दुई किलो सुन्तला र दुई किलो स्याउ किनेर साहुजीलाई पैसा दिदै गर्दा एकजना ग्राहक कारबाट ओर्लेर फलफूल पसलमा आइपुग्यो । त्यो ग्राहकले “केरा दर्जनको कति साहुजी ?” भन्यो । “केरा दर्जनको सय रुपैँया” साहुजीले भने । “असी रुपैँयामा आधा दर्जन दिनुस् न” ग्राहकले भन्यो । “चार दर्जन केरा सय रुपैँया दर्जनमा भर्खरै किने” मैले भने । त्यो ग्राहक रिसाउँदै “मैले तपाईसंग सोधेको हुँ र तपाई साहुजी हो र ?” भने ।
“तपाई जस्तो कार लिएर आउनु भएको ग्राहकले जम्मा आधा दर्जन मात्रै केरा लिन आउनु भएको छ आधा दर्जन केरा किन्न खोज्दा पनि दर्जनको बिस रुपैँया घटाउन मिल्दैन भन्नु भएको छ म त चकितै भए नि” मैले हाँस्दै भने ।
त्यो ग्राहकले आधा दर्जन केरा किनेर कार चलाएर गएपछि फलफूल बेच्ने साहुजीले “यस्तो घटिया व्यवहारको मान्छे पनि जन्मिदा रहेछन् नि” मलाई भन्यो ।
– अरुण नदी खत्री
सामाखुसी मार्ग, काठमाडौ.
मोबाइल नं. ९८४१७९७६६४
प्रतिक्रिया