मनमा आशा बोकि तिमिसँग आएको छु
मलाई माया गरिदेउ मेरो दिललाई खुसी बनाउछु
तिमि आउछौ मेरो जिन्दगिमा हलचल हुन्छ
खुसि मनले तिमिलाई बोलाउदा खुसि थपिन्छ
अनेक आशाहरु छन केहि गर्न खोजेको छु
माया प्रेमले मनलाई खुसि बनाउने छु
साँझमा पनि तिम्रो प्रतिक्षामा बस्ने गरेको छु
खुसि मनले तिमिलाई बोलाउदा खुसि थपिन्छ
केहि कुरा भन्छु मैले तिमिले सुनिदेउ
भगवान सँग प्रार्थना गर्दछु सयौ जुनि तिमिलाई पाउ
सधै भरि साथ दिए तिमिले मैले बाच्न सक्छु
दिल सँग नाता जोडे अब घरमा आउन सक्छु
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
प्रतिक्रिया