सरकारी विद्यालयमा पढाउने शिक्षक प्रेमप्रसादसँग मन्दिरमा उसले पढाएको विद्यार्थी भू.पु. मन्त्री प्रकाशमानसँग भेट भयो । भेट भएपछि प्रकाशमानले आफूलाई पढाएको शिक्षकलाई नमस्कार नै गरेन । उसले नमस्कार नगरेपछि शिक्षक प्रेमप्रसादले मैले पढाएको विद्यार्थीले आज मलाई किन नमस्कार गरेन होला भनेर सोच्यो ।
मन्दिरमा भगवानको दर्शन गरे आफ्नो घर पुगेपछि शिक्षक प्रेमप्रसादले आफ्नी श्रीमतीसँग “आज मैले पढाएको विद्यार्थी भू.पु. मन्त्री प्रकाशमानसंग मन्दिरमा भेट हुँदा उसले मलार्इृ नमस्कार आदर नै गरेन नि” भन्यो । “मन्त्री भैसकेको नेताले हजुरलाई किन नमस्कार गथ्र्यो र बरु उसलाई हजुरले नमस्कार गर्नु हुुन्छ कि भनेर उसले हजुरको नमस्कार खोजेकोे होला नि” उसको श्रीमतीले भनिन् ।
– अरुणबहादुर खत्री “नदी”
सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं
मोबाइल नम्बर ९८४१७९७६६४
इमेल [email protected]
प्रतिक्रिया