-अरुणबहादुर खत्री “नदी”
कमलप्रसाद लामो समयपछि उसँगै क्याम्पसमा पढेको साथी हर्कबहादुरलाई भेट्न पुग्यो । हर्कबहादुरको घरदेखि बाहिर सडकमा पुगेपछि हर्कबहादुरलाई उसले खल्तीबाट मोबाइल निकालेर फोन ग¥यो र “हर्क म तिमीलाई भेट्न भनेर आएको छु तिम्रो घरदेखि बाहिर सडकमा” भन्यो ।
“म लुगा फेरेर आइहाल्छु कमलप्रसाद एकछिन मलाई कुरेर बस है” हर्कबहादुरले भन्यो । “आफ्नो साथीलाई भेट्न किन लुगा फेर्नु प¥यो हर्क घर बस्दा लगाउने लुगा लगाएर आए पनि भैहाल्छ नि” कमलप्रसादले भन्यो । “तिमीसँग लामो समयपछि मेरो भेट हुँदाखेरीको फोटो मोबाइलले खिचेर फेसबुकमा राख्नुपर्छ नि” कमल हर्कले भन्यो ।
सामाखुसी, सरकारी धारा,
काठमाडौं
प्रतिक्रिया