लघुकथा-फोस्रो शान

इनेप्लिज २०७९ पुष ३ गते ४:१० मा प्रकाशित

अरुण नदी खत्री

दामोदर र उसकी श्रीमती लोकमाया काठमाडौंमा एउटा घरमा कोठा भाडा तिरेर बसेका थिए । दामोदरको बाबु मदनबहादुर गाउँमा निकै फुर्ती गर्दै हिँड्दथ्योे । गाउँका आफन्तहरु केही काम परेर काठमाडौं गए भने मदनबहादुर “मेरो छोराबुहारीले काठमाडौैंमा गएर निकै उन्नति गरेका छन् । त्यही गएर बस्नु केही काम पर्यो भने उसैलाई भन्नु । ऊ निकै परोपकारी छ । जे परे पनि गरिदिन्छ” भन्ने गर्दथे ।

एकपटक गाउँबाट रामेकी श्रीमती आफ्नो छोरालाई उपचार गर्न पहिलोपटक काठमाडौं जान लागेकी थिइन् । त्यो चाल पाएर मदनबहादुर आई फुर्ती गर्दै भने “मेरो छोरालाई गएर यो एक सिसी खाने घिउ लगेर दिनु र आफ्नो कुरो भन्नु मेरो छोराले तिम्रो छोराको उपचारको लागि ठूलो सहयोग गर्दछ” भन्दै मोबाइल नम्बर दिएर पठाए । रामेकी श्रीमतीले काठमाडौंको बसपार्कमा बसबाट ओर्लेपछि एउटा पसलमा पुगेर पसलेलाई मोबाइल नम्बर दिएर फोन गर्न लगाइन् । दामोदरसँग फोनमा सम्पर्क भयो । उनले भनिन् “दामोदर बाबु तपाईको बुबाले छोरालाई घिउ लगेर दिनु भनेर हामीसँग पठाउनु भएको छ त्यसैले तपाईले हामीलाई बसपार्कमा लिन आउनु प¥यो ।”

दामोदर मोबाइलमा कुरा सकिएपछि तुरुन्तै बसपार्क पुग्यो । रामेकी श्रीमतीले “हामी काठमाडौंमा छोरा बिरामी भएर उपचार गर्न आएका हौं हामीलाई हस्पीटल पनि पु¥याइदिनु प¥यो र जचाई सकिएपछि आजलाई तपाई बस्नु भएको घरमै बासको व्यवस्था पनि गरिदिनु प¥यो” भनिन् । रामेकी श्रीमतीले त्यसो भन्नेबित्तिकै दामोदर “बुुबाले सधैँ काठमाडौंमा पुग्नासाथ मेरो छोराबुहारीलाई फोन गर्नु र उनीहरुसँगै बस्नु भनेर पठाउनु त हुन्छ तर छोराबुहारीलाई कोठाको भाडा तिरेर बस्न कत्ति गाह्रो परेको छ भन्ने कुरो भने बुुझ्नुहुन्न” भन्दै घिउ लिएर केही नबोली हिँडे । रामेकी श्रीमती हेरेको हेर्य भइन् ।

सामाखुसी मार्ग, काठमाडौं
मोबाइल नम्बर ९८४१७९७६६४

प्रतिक्रिया