लघुकथा-प्रवृृत्ति

इनेप्लिज २०७९ पुष ३ गते ४:०३ मा प्रकाशित

अरुण नदी खत्री

बाबुआमा नभएको एकजना दशवर्षको बालक रत्नपार्कको सडकको पेटीमा बसेर ‘हजुर मैले खान पाइन मलाई भोक लाग्यो’ भनेर रोएर कराइरहेको हुन्छ । मेरो आफ्नो दृष्टि पनि त्यही बालकमाथि प¥यो । त्यस बालकलाई देख्दा आफ्नो खल्तीबाट पैसा झिकेर दिन मन लाग्यो तर अर्को पैदलयात्रीले ‘हामीले काम गरेर आफ्नो खर्च पाउन कति गाह्रो पर्छ यसले काम नगरी नगरी पेटीमा बसेर माग्दा के पाउन सक्छ ?’ भनेको मैले सुन्न पुगे ।

त्यो कुरा सुनेर मेरो मनमा न यो अपाङ्ग छ न यो रोगी छ यसले कुनै व्यक्तिको घरमा गएर काम गरेर बस्यो भने खान बस्न पनि पाउछ भन्ने लाग्यो । मैले ‘ए भाइ म तिमीलाई एउटा घरमा काम गर्न लैजान्छु तिमीलार्ई खान लाउन र बस्नको पनि व्यवस्था हुन्छ’ भने । तर मेरो भनाइ सुनेर पनि नसुनै झैं गरेर त्यो बालक रुँदै भोक लाग्यो भन्दै यात्रुहरुसँग पैसा मागिरह्यो ।

सामाखुसी मार्ग, काठमाडौं
मोबाइल नम्बर ९८४१७९७६६४

प्रतिक्रिया