लघुकथा-पैसाको महत्व

इनेप्लिज २०७९ पुष २ गते ३:१२ मा प्रकाशित

अदालतबाट तामेलदारले श्रीमती रमा शर्माको नाउँमा लेखेको म्यादपद सार्वजनिक विदाको दिनमा बुझाउँन लग्यो । रमासँग उसले “हजुरको नाममा म्यादपत्र आएको छ । आज बिदाको दिन भए पनि बुझाउन ल्याएको छु” भन्यो । “खै म अक्षर चिन्न सक्दिन बुझ्नु ठिक होला र ?” रमाले भनिन् । “हजुरले बुझ्दा केही फरक पर्दैन । हजुरले बुझ्नु भएन भने मलाई अफिसमा अप्ठेरो पर्छ” तामेलदारले भन्यो । त्यो म्यादपत्र रमाले औंठा छाप लगाएर बुझिन् । “आज बिदाको दिनमा पनि पत्र बुझाउन आएको छु आफ्नो घरको काम छोडेर खै मलाई खर्च त दिनु प¥यो नि” तामेलदारले भन्यो । रमाले आफ्नो थैलीबाट दुईसयको नोट निकालेर दिइन् । तामेलदार खुशी हुंदै आफ्नो बाटो लाग्यो । एउटा होटलमा ठग्न पाएको पैसाले सक्दो रक्सी र मासु खायो । रक्सीको नशाले उसलाई घर जान पनि गाह्रो प¥यो होसमा आउन नसकेर । जब उ होसमा आयो त्यतिखेर ऊ आफू स्वस्थ्य हुन पाँचसय खर्च भैसकेको थियो

-– अरुणबहादुर खत्री “नदी”

।सामाखुसी साहित्य समाज
काठमाडौं (नेपाल)

प्रतिक्रिया