लघुकथा-सच्चा कर्मचारी

इनेप्लिज २०७९ पुष २ गते ३:०७ मा प्रकाशित

बैंकको कर्मचारी मनोहरले एअरपोर्ट भंसारमा सरुवा भएर गएकोरामप्रसादसंग भेट हुदा “अहिले तपाईको अफिस कहाँ हो नि ?” भन्यो ।

रामप्रसादले “अहिले म एअरपोर्ट भंसारमा सरुवा भएर गएको छु” भन्यो । एअरपोर्टमा त हाम्रो बैंकमा काम गरेकाहरु सरुवा भएर जान बैंकको युनियनमा तीन लाख रुपैया चन्दा दिएर मात्र जान पाउछन् नि मनोहरले भन्यो । “खै मैले त सरुवा भएर जान कसैलाई पनि चन्दा दिनु परेन” रामप्रसादले भन्यो । “एअरपोर्टमा सरुवा भएर गएका हाम्रो बैंकमा काम गर्ने साथीहरुले त एकवर्षमा कम्तीमा एक करोड कमाउछन् तपाईले कति कमाउनु भएको छ नि ?” मनोहरले सोध्यो ।

मैले त दिनको एक हजार रुपैयादेखि पाँच हजार रुपैयासम्म कमाएको छु भनी रामप्रसादले उत्तर दियो । तपाई सिधा मान्छे हुनुभएकोले धेरै कमाउन सक्नु भएन त्यहाँ त दिनको घटीमा पचास हजार सम्म कमाउछन् नि मनोहरले भन्यो ।

त्यसो भए तपाई एअरपोर्टमा सरुवा भएर जान एउटा निवेदन लेखेर दिनुस् न त तपाईको सरुवा म मिलाइदिन्छु तपाईले सरुवा भएर जान चन्दा कत्ति पनि दिनु पर्दैन नि” रामप्रसादले भन्यो । “मलाई अहिलेसम्म मेरो आफ्नो तलबले नै पुगिराखेको छ म तलबदेखि बाहिरी पैसा कमाउन चाहने पनि होइन मलाई एअरपोर्टमा सरुवा भएर जान मन छैन” मनोहरले भन्यो । त्यसो भए तपाईजस्तो तलबमात्र भए पुग्ने सच्चा कर्मचारी सबैजना हुनुपर्ने रहेछ अनि मात्रै देशको भविष्य राम्रो हुनेछ जस्तो मलाई लाग्यो रामप्रसादले भन्यो ।

अरुणबहादुर खत्री “नदी”

मोबाइल नम्बर ९८४१७९७६६४
इमेल

प्रतिक्रिया