अघिल्लो कार्यकालको गठबंधनको सरकार र सांसदहरूले प्रधानन्यायाधीश जबरा संग विश्वासघात गरे । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र उपेन्द्र यादव लगायत नेतृत्व गठबन्धनको सरकार बनाई दिएकोले प्रधानन्यायाधीश जबराले अघिल्लो कार्यकालको गठबन्धनको सरकार र सांसदहरूबाट ईनाम स्वरुप महाभियोग नामको पदवी, प्रमाणपत्र, उपहार र पुरस्कार पाएका छन ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गरेका कतिपय निर्णयहरु र फैसलाहरु गलत छ्न तर यसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा मात्र दोषी हुन ? भन्ने मेरो प्रश्न गठबन्धनको सरकार, सांसदहरू र नेताहरुसँग रहेको छ ? प्रधानन्यायाधीश जबराले के.पी. शर्मा ओलीले विघटन गरेको संसदलाई संसदबाट नै छिनोफानो गर्नलाई भनी आदेश दिन पर्दथ्यो । प्रधानन्यायाधीश जबराले राजनीति क्षेत्रमा हस्तक्षेप गरेकै हो । प्रधानन्यायाधीश जबराले गठबन्धनको सरकार बनाउन आदेश दिएर गलत फैसला गरेका हुन । प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा राजनीति गरेकै हो । गलतलाई गलत नै भन्नुपर्छ । न्यायालय राजनीति गर्ने क्षेत्र होइन न्यायको पक्षमा फैसला गर्ने क्षेत्र हो । मुलुकमा न्यायालयमा बेथिति, विकृति र दण्डहीनता कायम रहेकोछ ।
मुलुकमा अहिले प्रधानन्यायाधीश जबराको विषयलाई लिएर सर्वोच्च अदालत परिसरमा राजनीति भइरहेको छ ठिक भने होइन । प्रधानन्यायाधीश सुशीला कार्की र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मात्र महाभियोग किन ? सही कुरा केलाउने, विश्लेषण गर्ने र सोच विचार गर्ने विषय हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा माथि महाभियोग लगाउने पर्याप्त आधारहरू देखिदैन र दुईतिहाई बहुमत कदापि पुग्दैन यसकारण महाभियोग प्रमाणित हुने आधारहरु छैन । वास्तवमा गठबन्धनको सरकार, सांसदहरू र नेताहरुले प्रधानन्यायाधीश जबरालाई धोका दिएकै हुन ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६ ।
प्रतिक्रिया