पोल्यान्डमा नेपाली कन्सुलर अफिस उदघाटन भव्यतापूर्वक सम्पन्न

इनेप्लिज २०७९ मंसिर २५ गते २०:५८ मा प्रकाशित

डिसेम्बर ९ , २०२२मा पोल्यान्डको वार्सामा बिधिवत रुपमा नेपाली समुदाय एवं बिदेशी कुट्नैतिक क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा पोल्यान्डका लागि नेपाली कन्सुलर अफिस स्थापना नेपाली र पोलिश राष्ट्रिय गीतबाट भएको थियो।

नेपाल सरकारद्दारा हालै ( 25th July 2022) पोल्यान्डको लागि अवैतनिक वाणिज्यदूत नियुक्तहुनु भएका डा. बोधराज सुबेदीको पहलमा उक्त अफिस आफ्नै निवासमा स्थापना गर्नु भएको हो ।

करिब करिब ६३ बर्ष लामो कूटनैतिक ,राजनीतिक र सास्कृतिक सम्बन्ध रहेको पोल्यान्डमा नेपालको इतिहासमा पहिलोपटक नेपालतर्फबाट अवैतनिक वाणिज्यदूत नियुक्त गरिएको हो ।

पोल्यान्डमा कार्यक्षेत्र बनाउदै आउनु भएका डाक्टर बोधराज सुबेदी पहिलोपटक नेपालको तर्फबाट अवैतनिक वाणिज्यदूत बन्न सफल हुनुभएको छ, यो ऐतिहासिक उपलब्धिलाई पोल्यान्डमा रहेका नेपालीहरूले निकै गर्वका साथ लिएका छन् । आफु नियुक्त हुनु पुर्व पनि पोल्यान्डमा कर्मथलो बनाउदै आएका डा. सुवेदीले नेपालीहरुको हक हितमा सकृयतापुर्वक लागि पर्नु भएको थियो र उहा गैर आवासीय नेपाली संघ पोल्याण्डका प्रमूख सॅरक्षक र संस्थापक अध्यक्ष , Polish-Nepalese Foundation को अध्यक्ष्य समेत हुनुहुन्छ। साथै चिकित्सा क्षेत्रमा लामो समयदेखिकार्यरत डा. सुवेदी पोल्यान्डमात्र नभै Europeमा रहेका नेपालीहरूलाइ सेवा दिइरहनु भएको छ ।

जर्मनका लागि राजदुत महामहिम राम काजि खडका( जो पोल्याण्डको समेत गैर आवसिय राजदूत हुनुहुन्छ)को गरिमामय बिशेष प्रमुख उपस्थिति रहेको उक्त कार्यक्रममा पोल्याण्डको परराष्ट्र मन्त्रालयको प्रतिनिधिहरू, विभिन्न देशका राजदूत र अवैतनिक वाणिज्यदूत, पोल्यान्डका बिभिन्न युनिभर्सिटिका प्रोफेसर तथा डाक्टरहरु, स्थानिय तचा राष्ट्रिय राजनितिज्ञहरू, मिडियाहरू, विभिन् क्षेत्रका व्यापारीहरू र पोल्यान्ड नेपालसॅग जोडिएका आधा दर्जन भन्दा बढि संघसंस्थाहरु इनास पोल्यान्ड , प्रवासी नेपाली एकता मन्च पोल्यान्ड , जन्संपर्क समिती पोल्यान्ड , गुल्मी समाज पोल्यान्ड , अनेसास पोल्यान्ड पान्डव ग्रुप पोल्यान्ड ब्रदरहुँड पोल्यान्ड हामी नेपाली पोल्यान्ड , ब्यवसायी समिती पोल्यान्ड , लगायत पोल्यान्डका बिभिन्न क्षेत्रबाट नेपालीहरुको उपस्थिती रहेको थियो ।

नवनियुक्त अवैतनिक वाणिज्यदूत डाक्टर बोधराज सुबेदीकै निवासमा कार्यालय उदघाटनको अवसर पारेर ९ डिसेम्बर 2022 का दिन शुभकामना आदानप्रदान चियापान र भेट्घाट कार्यक्रम राखिएको थियो ।

डाक्टर सुबेदीले उक्त कार्यक्रममा हिजो पनि बिना स्वार्थ नेपाल र नेपालीका लागि निरन्तर लागेको हु, आज पाएको यो जिम्मेवारीले अझ थप प्रेरणा,उर्जा र हौसला दिएको बताउदै हिजो जस्तै आज पनि सबै पोल्याण्डबासी नेपालीको हकहित र अधिकारका निमित्त कानुनी र सांगठनिक रुपमा सक्दो सहयोग र सहकार्य गर्नेछु भन्दै आफ्नो विचार प्रस्तुत गर्नु भएको थियो । डाक्टर सुबेदीले पोल्याण्डमा भएका सम्पुर्ण सामाजिक संघ संस्थालाई मिलाएर नेपाल र नेपालीको हक हितमा निरन्तर लागि पर्न सबैसंग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्दता पनि जाहेर गर्नुभएको थियो ।साथै बिगतमा जस्तै पोल्याण्ड र नेपाल विचको कूटनैतिक सम्बन्ध अझै वलियो वनाउन सवै उपस्थित हुनुभएकाहरू सॅग सरसल्लाह र सुझावको पनि अपेक्षा गर्नुभएको थियो।

जर्मनीका लागि नेपाली राजदुत महामहिम रामकाजी खड्काले पोल्यान्डमा रहेका नेपालीहरुको हकहितको लागि आफु र नेपाली दूतावासको तर्फबाट सक्दो सहकार्य हिजो पनि गरेको आज पनि गरिरहेको र भोलि पनि गर्न तयार भएको अवगतगराउनु भएको थियो ।

कुटनितिक क्षेत्रका बिभिन्न व्यक्तित्वहरु पाल्नु भएको उक्त कार्यक्रममा परराष्ट्र मन्त्रालय पोल्यान्डका शिष्टाचार विभागका Deputy director Mr Artur Harazim, एसिया पेसिफिक डिपार्ट्मेन्ट प्रमूख Mr Piotr Buszta,पोल्यान्डका लागि भारतिय राजदूत Mrs Nagma Mahomed Mallick, Pruszkow Countyका प्रमूख Mr Krzysztof Rymuza ,Raszyn local administrationका प्रमूख Mr Andrzej Zaremba, Polish -Asian Chamber of Commerceका अध्यक्ष तथा पूर्व Deputy PM र पूर्व Minister of Economy Mr Janusz Piechociński, European Parliament Member तथा पूर्व राष्ट्रीय शिक्षा मन्त्री Mrs Anna Zalewska, Bangladeshका अवैतनिक बाणिज्यदूत Mr Omar Faruque, Polish -Nepalese Societyका अध्यक्ष Prof. Teresa Chynczewska-Hennel, पोल्याण्डका दूइप्रख्यात अस्पतालका निर्देशक हरू Proff. Jarosław Czubak र Dr Jerzy Friedygierकोउपस्थिति थियो । यस कार्यक्रममा पोल्याण्डका सबैभन्दा सिनियर नेपाली दूर्गा मास्के, गैर आवसिय नेपाली सॅघ अन्तराष्ट्रिय समन्वय समितीकी Women Secretary श्रीमती एलिनी पोख्रेल-सुवेदी , Astro Physicsका Associate Proff. गोपाल भट्ट, एन आर एन ए पोल्यान्ड अध्यक्ष जिवन केसी इनास ग्लोबल उपाध्यक्ष तथा पानी अभियानकर्ता मित्र लाल पार्दे र महामहिम राजदूत खड्काकी श्रीमती विना खड्काको पनि उपस्थिती थियो।

उपस्थिति अतिथिहरुले पोल्यान्डमा कन्सुलर कार्यालय उदघाटन समारोहमा आएर नेपाल र नेपालीबारे बुझ्न पाउदा र नेपाल र नेपाली सित सहकार्य गरेर अझै धेरै अगाडि बढ्न सकिने र आफुलाईधेरै खुशी लागेको बताउनु भएको थियो ।

स्मरण रहोस डा बोधराज सुबेदीको नेतृत्वमा एन आर एन ए पोल्यान्ड ( सन् २००९) र पोलिश नेपाली फाउन्डेशन( सन् २०२१) मा दर्ता भएको थियो।

कार्यक्रम सन्चालन Associate Proff. Marta Maskey-Warzęchowskaले गर्नु भएको थियो भने कार्यक्रम पश्चात नेपाली खानाको पनि व्यवस्था गरिएको थियो।

-मित्र लाल पार्दे पोल्यान्डबाट

 

प्रतिक्रिया