लोकराज बरालको प्रश्न : प्रचण्डले खाली प्रधानमन्त्रीको लागि मात्रै टाउको फुटाउने हो ? (भिडिओसहित)

इनेप्लिज २०७९ मंसिर २४ गते ११:०९ मा प्रकाशित

काठमाडौं, २३ मंसिर । कुटनीतिक मामिलाका जानकार एवम पूर्व राजदूत प्रा.डा. लोकराज बरालले अहिलेका स्थापित पाका नेताहरुले देश र जनताको लागि काम गरेर देखाउन नसकेको आरोप लगाएका छन् । उनले भने,‘उहाँहरुले खाली तिगडम लगाउने, यता मिलाउने अनि उता मिलाउने, शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डहरुले काम गरेर देखाउन सक्नुभएन ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले कांग्रेसमा संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाकै सम्भावना रहेको बताए । उनले भने,‘संख्याको कुरा गर्दा, हिसाबकिताब मिलाएको हेर्दा, संसदीय दलको नेतामा कांग्रेसमा सभापति देउवाजी नै हो जस्तो लाग्छ ।’

उनले प्रधानमन्त्रीको लागि प्रचण्ड, माधव नेपालहरुले पनि दाबी गर्नसक्ने बताए । उनले प्रचण्डले प्रधानमन्त्रीको लागि मात्रै टाउको फुटाउनेभन्दापनि देशको लागि साँच्चिकै केही गरेर देखाउने हो भन्दै प्रश्न पनि गरे । उनले देशलाई रुपान्तरणको लागि प्रचण्डले यही गठबन्धनमार्फत भूमिका खेल्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया