के सर्वोच्च अदालत राजनीति गर्ने थलो हो र ?

इनेप्लिज २०७९ मंसिर २४ गते ३:२४ मा प्रकाशित

सर्वोच्च अदालतमा राजनीति भइरहेको छ । के सर्वोच्च अदालत न्यायालय राजनीति गर्ने थलो हो र ? सर्वोच्च अदालत न्यायालय पनि दृषित हुन बाट बाँकी रहेन । गठबन्धनको सरकार, सांसदहरू, नेताहरू र गठबन्धनको वकीलहरुबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा माथी अन्याय भएको छ ।

पक्कै पनि संसद सचिवालयले मुलुकभित्र र अन्तर्राष्ट्रिय मुलुकहरुको नजीर र ईतिहास नहेरिकन प्रधानन्यायाधीश जबराको महाभियोग प्रस्ताव निष्प्रभावी गरेन होला भन्ने मेरो प्रश्न कानुनविद् र कानुनका ज्ञाताहरुलाई छ ?

अब दलीय व्यवस्था नै फ्याक्नुपर्छ । संसद सचिवालयबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सफाई पाईसकेपछि मुलुकमा अराजकता, अस्थिरता, दण्डहीनता र आन्दोलन के का लागि ?

अब सेनाहरुले तत्काल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जंगबहादुर राणालाई साथ दिनुपर्छ र सत्ता कब्जा गर्नुपर्छ । मुलुकमा अराजकता, अस्थिरता, दण्डहीनता र रमिता अति भयो । नेपालीहरुले नेपाल मुलुकको नै बेइज्जत गरे । संसद सचिवालयका महासचिव भरतराज गौतम र संसद सचिवालयबाट संसदमा रहेको महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई दिएका छन । प्रधानन्यायाधीश जबराले संसद सचिवालयबाट सफाई पाएर सर्वोच्च अदालत हाजिर गर्न जाँदा कानुन मिचेको ठहर कसरी हुन्छ ? वकीलहरुले आफ्नो सीमा र मर्यादा नाघेर मुलुकको सम्माननीय पदमा रहेको प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत परिसरमा रोक लगाउँदा कानुन मिचेको ठहर नहुने ? प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत परिसरमा रोक्नका लागि वकिलहरुले मुलुकको नियम, कानुन र ऐन मिच्दा केही नहुने ? आफुले गरेको हरेक अन्याय र गलत कुराहरू ठिक हुने मुलुकमा कस्तो विकृति, बेथिति र विडम्बना हो ? मुलुकमा अरु केहि होइन लातको भुत बातले मान्दैन भन्ने व्यवहार लागु भएको छ । अब सेनाहरु सीधै एक्सनमा आउनुपर्ने समय आएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संसद सचिवालयबाट सफाई पाई सकेपछि अब आन्दोलन के का लागि हो ? मुलुकमा अराजकता, अस्थिरता, दण्डहीनता र रमिता अति भयो । अब सेनाहरु बाध्य भएर एक्सनमा आउनुपर्छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६ ।

प्रतिक्रिया