‘तिमीबिना बाँच्नै सक्दिन’ भन्नेले प्रेमिका आखै अगाडी जलेको टुलुटुलु हेरिरहे किन ? घटनाको नालीबेली (भिडियो सहित)

इनेप्लिज २०७९ मंसिर २२ गते १०:३८ मा प्रकाशित

बालबालिका लागि चिनबाट खेलौना ल्याएर नेपालमा व्यापार गर्दै आएका सुधन संग्रौलाको चिनजान केल्मी नेपालकी अपरेसन म्यानेजर पुष्पा न्यौपानेसँग भयो।

कुनै बेला दरबारमार्गस्थित केल्मी नेपालको सोरुमको नेतृत्व गर्दै आएकी पुष्पाकै सो रुममा पुगेका सुधनबीच एक वर्षदेखि प्रेम सम्बन्ध भयो

अन्तत: विवाह बन्धनमा बाधिने निर्णय गर्दै दुवैको राजिखुशीले ‘इन्गेजमेन्ट’ समेत भयो।दुवै जनाबीच २०७८ माघमा चिनजान भएको थियो।

त्यतिबेलादेखि नै उनीहरू प्रेम सम्बन्धमा थिए। त्यसबारे दुवैका अभिभावकलाई समेत जानकारी भएपछि भदौ १८ गते एक वर्षभित्र विवाह गर्नेगरी दुवैको ‘इन्गेजमेन्ट’ भएको थियो।

‘इन्गेजमेन्ट’ भएपछि उनीहरुको सम्बन्धमा दरार आयो। दुवै एक अर्काप्रति शंकालु बनेपछि सम्बन्धमा दरार आउनुको खास कारण हुनसक्ने प्रहरीको बुझाई छ।

पुष्पा अध्ययन र व्यावसायिक नेतृत्वमा अब्बल ढंगबाट अघि बढिरहेको र आफ्नो व्यावसाय प्रवद्र्धनमा खेलकुद तथा सुरक्षा क्षेत्रका उच्च पदस्थ व्यक्ति र सेलिब्रेटीसँग चिनजान र डिल गर्न सक्ने हैसियत बनाएकी थिइन।

त्यही क्रममा आफ्नै सोरुम पुगेका सुधनसँग उनको चिनजान भएको थियो । काठमाडौंको न्युरोडस्थित रञ्जना गल्लीमा सुधनको पनि पसल छ।

‘इन्गेजमेन्ट’ लगत्तै पुष्पाले दुवै जनाको तस्वीर सार्वजनिक गर्न खोज्दा सुधनले अहिले त्यसो नगरौ भने। त्यसपछि पुस्पाले उनलाई सँगै घुम्न जाने प्रस्ताव गरिन तर सुधनले मानेनन।

काठमाडौं महानगरपालिका–४ धुम्बाराहीका २९ वर्षीय सुधनप्रति पुस्पाले शंका गर्दै गएपछि परिवारका सदस्यलाई यसको जानकारी भयो।

सुधन चीनमा पढेको र चीनबाटै व्यापार गरिरहेका कारण उनको चिनिया केटीसँग पनि सम्बन्ध भएको पुष्पाले आशंका गरिन्।

को’ रोना संक्रमणको बेला पनि सुधनलाई ती युवतीले सहयोग गरेको र अहिलेसम्म उनीहरुबीच प्रेम सम्बन्ध कायम रहेको आशंकामा उनीहरुबीच आरोप प्रत्यारोप चलेको स्रोतको दावी छ।

यद्यपि यो विषय पुष्टि भइसकेको छैन। पुष्पा र सुधनबीच खटपट शुरु भएपछि यो बीचमा सुधनका परिवारका सदस्यले मनाउन पनि खोजेको भनाई छ।

यद्यपि यो विषयलाई पुष्पाका परिवारले पत्याएका छैनन्। उनीहरुबीच आरोप प्रत्यारोप चलिरहेका बेला संग्रौला परिवारले गत शनिबार काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित न्यौपाने परिवारको घरमै पुगेर इन्गेजमेन्ट तोडेको जानकारी गरायो।

यसरी विवाह तोडिएपछि पुष्पा विक्षिप्त अवस्थामा पुगेपछि सुधनलाई आफू धुम्बाराइस्थित घर अघि आएर म’ र्ने जानकारी गराएकी थिइन्।

त्यसपछि आइतबार साँझ ७ बजे एकाएक धुम्बाराहीस्थित संग्रौला परिवारको घरअघि पुष्पाले शरीरमा आगो लगाएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो।

उद्धारपछि उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल ब’ र्न सेन्टरमा पुर्‍याइएको थियो। उपचारकै क्रममा सोमबार बिहान ९ः२२ मा उनको मृ’ त्यु भएको थियो।

संग्रौला परिवार पनि व्यवसायमै संलग्न रहेको छ। घर परिवार र केटा केटी राजि भएपछि मात्रै भदौ १८ गते दुवै परिवारको सहमतिमा एक वर्षभित्र विवाह गर्नेगरी ‘इन्गेजमेन्ट’ भएको थियो।

‘इन्गेजमेन्टपछि पारिवारिक सम्बन्ध झन् झाँगिनु पर्नेमा एकाएक दरार आएको थियो।

‘छोरीको खुसीमा हामी पनि खुसी नै थियौं’ गत दसैंताका सुधनका बुवा दिनेशले आफूलाई फोन गरेर विवाहबारे सन्देहात्मक कुरा गरे , उहाँले फोन गर्नुभयो, आफ्नो छोरालाई त’ नाव दिएको कुरा गर्दै थिए।

मैले भेटेर कुरा गरौं भने’ त्यसपछि भेटेर कुरा गर्दा अहिल्यै आवेगमा कुनै निर्णय नलिन आफूले अनुरोध गरेको थिए,

उनीहरु त इन्गेजमेण्ट गरेको सामान फिर्ता लिएर गए’, पुष्पाका काका उत्त न्यौपानेले भने।

पुष्पाका काका उत्तम न्यौपानेका अनुसार सम्बन्ध तोडिएपछि आइतबार सुधनले घरमा बोलाएर पुष्पालाई ’ तनाव दिएका थिए।

पुष्पाको मृ’ त्युपछि न्यौपाने परिवारले संग्रौला परिवारविरुद्ध आ’ त्म ह’ त्या दुरुत्साहनको आरोप लगाएको छ।

सोमबारै पुष्पाका काका उत्तमले केटा सुधन, उनका बुवा ५७ वर्षका दिनेश संग्रौला, आमा ५७ वर्षीया बिन्दु र दाइ २९ वर्षीय मधु संग्रौला गरी चारजनाविरुद्ध ‘आ’ त्म ह’ त्या दु’ रु’ त्साहन’को आरोपमा महानगरीय वृत्त महाराजगन्जमा कि’टानी जाहेरी दिएका छन्।

प्रतिक्रिया