३२औं स्वर सम्राट नारायण गोपाल स्मृति दिवसमा ‘ सम्झनामा नारायण गोपाल ‘

इनेप्लिज २०७९ मंसिर १९ गते २२:४० मा प्रकाशित

काठमाडौं । १९ मंसिर–स्वर सम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस सोमबार संगीतकर्मीहरुले बिभिन्न कार्यक्रम आयोजना गरी मनाउदै छन् । यसै क्रममा सदा झैँ आस्था कला केन्द्रले पनि ‘सम्झनामा नारायण गोपाल ‘ कार्यक्रम आस्थाको हलमा आयोजना गरियो ।

कार्यक्रमलाई नारायण गोपाल संगीत कोषका महासचिब दीपक केसी द्वारा पानसमा बत्ति बालेर शुभारम्भ गरियो साथै स्वर सम्राट नारायण गोपालको फोटोमा गायक,गायिका,संगीतकर्मीहरुले माल्यार्पण गरि कार्यक्रम सुरु गरिएको थियो।

स्वर सम्राट नारायण गोपालको स्मृतिमा आस्था कला केन्द्रले कार्यक्रम गरेको “सम्झनामा नारायण गोपाल ” कार्यक्रममा एक दर्जन भन्दा बढी गायक गायिकाहरुले नारायण गोपालद्धारा स्वरबद्ध गीत गाएर उनको सम्झना गरेका छन् ।

कार्यक्रममा गायिका गीता पाण्डेले रचना तथा संगीत दीपक जंगमको ‘यति धेरै माया दिई’ बोलको गीत गाएर माहोल तताईन् साथै राजेश कुमार श्रेष्ठ,सन्जिब आले,महेन्द्र बिश्वकर्मा,किशोर बिश्वकर्मा लगायत एक दर्जन भन्दा बढी गायक गायिकाहरुले नारायण गोपालद्धारा स्वरबद्ध गीत गाएर उनको सम्झना गरेका छन् ।

सन्जिव आलेले राममान तृषितले रचना गर्नु भएको संगीत तथा स्वर नारायण गोपालको ‘मैले पुण्य मन पराए’ प्रस्तुत गर्दा माहोल निकै भावुक बनेको थियो । रचनाकार किरण खरेल संगीत नातिकाजी तथा गोपाल योञ्जनको रहेको ‘लुकु लुकु लाग्यो मलाई ‘ गीत राजेश कुमार श्रेष्ठ र गीता पाण्डेको प्रस्तुतिले दर्शक झुमेका थिए। नारायण गोपालको सम्झनाले कार्यक्रम स्थल नारायण गोपालमय बनेको थियो।

कार्यक्रममा पोखिएर घाम को झुल्को , तिम्रो जस्तो मुटु , मलाई नसोध ,पर्खि बसे आउला भनि ,केहि मिठो बात गर , मान्छेको माया यहाँ , आज भोलि हरेक साझ लगायत गीतहरु गुञ्जिएका थिए ।

कार्यक्रममा आस्था कला केन्द्रका निर्देशक रमेश थापाले स्रस्टाहरुको कार्यक्रम गर्न पाउदा गर्ब महसुस हुने र अन्य कुनै पनि नेपाली स्रस्टाहरु को कार्यक्रम गर्नु परे आस्था कला केन्द्र सदै सबैलाई स्वागत गर्ने बताउनु भयो। कार्यक्रममा भाषण कम स्वर सम्राट नारायण गोपाललाई सम्झना स्वरुप प्रस्तुति बढी गरियो।

बाबु आशागोपाल र आमा रामदेवी गुरुवाचार्यको कोखबाट विक्रम सम्वत १९९६ असोज १८ गते काठमाण्डुको किलागलमा जन्मिएका नारायण गोपालको निधन २०४७ साल मंसिर १९ गते राति ९ बजे बीर अस्पतालमा भएको थियो ।

प्रतिक्रिया