राष्ट्र बनाउनु छ हामिले………..

गोबिन्द राज ओझा (राजन) २०७९ मंसिर १८ गते १०:२६ मा प्रकाशित

राष्ट्र बनाउनु छ हामिले सबैमा एकता हुनुपर्छ
बिर पुर्खाहरुको बलिदानको कथा सुनाउनु छ

गौतम बुद्ध,सिता,भृकुटीको ईतिहासले देशलाई चिनाउछ
हामिले पनि यो देश चिनाउनलाई केहि कार्य गर्नुपर्छ

लिपुलेक, लिम्पियाधुरा र सुस्ताको खोजि गर्नु पर्नेछ
सबै नेपालीले नेपालको भु-भुभागको रक्षा गर्नु पर्नेछ

देशभक्तिको ईतिहास हाम्रो जोगाउनु पर्नेछ
यहाँ सिमा रक्षाको लडाई लडनु बाकि नै छ

नेपाल आमाले आफ्नो माटोको बारेमा पश्न गर्दिरहिछिन
आमाले देश र मातृभुमिको सम्मान खोजिरहिछिन

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया