हजुरबाआमा दिवस

सुरेन उप्रेती, पाँचथर हाल- एडमण्टन, क्यानडा २०७९ मंसिर १५ गते २३:५१ मा प्रकाशित

षृष्ठभूमि

मानिसले धेरै आविष्कार र अनुसन्धानहरू गर्यो । जीवनलाई सहज र सरल बनाउने उपायहरू पत्ता लगायो । जंगल र ओढारहरूमा बस्ने मान्छे घरमा बस्न सिक्दा औधी रमायो । जंगली फलफूल, कन्दमूल र जनवारहरू मारेर खान सिक्यो । बिस्तारै मान्छेले पोलेर र पकाएर खान जान्दा हर्षको सिमा नै रहेन । स्वाद मिठो लाग्यो । उ तेतीमा मात्र सिमित रहेन । बस्ने घर बनायो । त्यसलाई वातावरण अनुकूलित बनायो । गुड्ने र उड्ने गाडी र जहाजहरू बनायो ।


मानिस जंगली अवस्थामा बस्दा समूहसमूहमा बस्ने गर्दथे । जंगली जनवारहरूबाट बच्न र जनवारहरूलाई शिकार गर्नका लागि पनि समूहमा बस्नु आवश्यक थियो । मानिसहरू विकाश हुनेक्रममा बिभिन्न युगहरू पारगर्दै आए । जनवारहरूलाई मार्ने, बटुल्ने कन्दमूलहरू खाने ढुँगे युग हुँदै, धातुहरूका हातहतियार बनाउन सफल सिके । खेती र पशुपालनको युगमा रूपान्तरण भयो । मानिसहरू समूहमा हुँदा समुहकी मूली महिला हुने गर्दथिन । उनकै आदेश अनुसारमा समूह चल्दथ्यो । कार्यविभाजन हुन्थ्यो । समूह ठूलो भए पछी अली ससाना समूहमा विभाजीत भएर बस्न शुरू गरे । समूहको मूलीका आदेश अनुसार कामबाँडफाँट हुने गर्दथ्यो ।

जंगली जनवारहरूबाट बँच्न र अरू समूहबाट सुरक्षित हुनका लागि पनि ठूलो समूहमा बस्नु अनिवार्य नै थियो । विकाशको क्रम सँगै समूहसमूहबाट पनि परिवारहरूमा रूपान्तरण भएर मानिसहरू बस्ने थाले । मानिसहरूले आफ्नो सिमाबनाए । ग्राम ग्रामहरू हुँदै राज्यहरू बने । राज्यले नियमकानूनहरू बनायो । अब भने संयुक्त परिवारमा बस्न थाले । कालान्तरमा संयुक्त परिवारबाट पनि आज झैँ एकल परिवारमा रूपान्तरण हुँदै आयौँ । एकात्मक परिवार बने पछी हजुरबाआमा र नातिनातिनाबिचमा पनि दूरी बढ्दै गएको छ । कती वालवालिकाले हजुरबाआमाको स्नेह पाएकै हुँदैनन् । कती भाषाका कारणबाट पनि हजुरबाआमा सँग नजिक भएर आत्मियता प्रकट गर्न पाएको हुँदैनन् ।

यसरी हजुरबाआमा र नातिनातिनाका विचमा भएको दूरीलाई कम गर्न र हजुरबाआमाहरूलाई सम्मान दिनका लागि हजुरबाआमा दिवस मनाउने परिकल्पना गरिएको हो । अनेसास क्यानडाले भानुजयन्ति २०७९का दिन यो हजुरबाआमा दिवश मनाउने घोषणा गरेको हो ।

हजुरबाआमा दिवस भनेको हजुरबाआमाहरूको लागि बिशेष दिन हो । हुन त हजुरबाआमा
भनेका सँधै श्रद्धेय र मन्दिरका गजुर जस्तै सर्वोच्च हुनु हुन्छ ।

गजुर जस्तै उच्च हुनु हुन्छ । हामीले सदैब सम्मान र श्रद्धा गर्नु पर्दछ । तर हजुरबाआमा दिवसका दिन उहाँहरूलाईमात्र केन्द्रबिन्दु बनाएर , उहाँहरूको इच्छाअनुरूप भोजन गराउने । बस्त्र लताकपडा, फोन, घडी आदि उपहारहरू दिने । इच्छाएको ठाउँमा घुम्न लैजाने । मठमन्दिरमा गएर दैविक शक्ति र दीर्घजीवनका लागि प्रार्थाना गर्ने दिन हो । हजुरबाआमा भने पछी नातिनातिनाहरू जोडिएर आउने नै गयो । हजुरबाआमा हुनेहरूका नातिनातिनीहरू त्यस दिन सके बाआमा समेत संगै घुम्न लैजाने । जसले गर्दा तीनै पुस्ताका बिचमा अगाध स्नेह बढाउँछ । हाम्रो समाज विस्तारै संयुक्तपरिवारबाट एकात्मक परिवारमा फेरिने क्रम बढ्दो छ । हजुरबाआमा दिवसले काकाबडाबाका छोराछोरीहरू बिचमा पनि प्रगाढ

सम्बन्ध स्थापित गर्दछ । दिदीबहिनी र दाजुभाइहरूका बिचमा पनि दह्रिलो सम्बन्ध बनाउँछ । मामा र फुपूका छोराछोरी बिचमा पनि घनिष्टता बढाउँछ । व्यक्ति भनेको बावियोँको त्यान्द्रो जस्तो मात्र हो । त्यसमाथि क्रमश परिवार नातिनातिना देखि बाआमा र हजुरबाआमा जोडिए पछी मज्वुत डोरीको रूप ग्रहण गर्दछ । धरै जनाको सोच र पहलमा कुनै काम र व्यापार व्यबशाय शुरू गर्ने हो भने कम लगानीमै ठूलाठूला कामहरू गर्न सकिन्छ । हजुरबाआमा नहुनेहरूले नातिनातिना नभएका बृद्धबृद्धालाई मिठा खानेकुराहरू दिने फलफूलहरू दिने । उपहारहरू दिने गर्नु पर्दछ । बृद्धबृद्धा भनेका तीर्थ समान हुन । बृद्धबृद्धामा दैविक शक्तीको बास भएको हुन्छ । उहाँहरूले दिएको दिव्यवचन रशुभआशिर्वादले मानिसलाई ठूलाठूला सफलताहरू मिल्दछन् ।

मङ्सिरको तेश्रो शनिवारका दिन हजुरबाआमा दिवस मनाउने भनेर अन्तर्राष्ट्रि नेपाली साहित्य समाज क्यानडाले भानुजयन्तिका दिन घोषणा गर्यो । मङ्सिर महिनाको तेश्रो शनिवार नै किन मनाउने भनेर प्रश्न गर्दा अनेसासका सल्लाहकार सुरेन उप्रेती भन्नु हुन्छ । “हामी नेपालीहरू जहाँ जहाँ पुगे पनि नेपाल नै हाम्रो मातृभूमि हो । आधारभूमि हो । नेपालमा मंशिरको तेश्रो हप्ता सम्ममा धानकाटी सकेर घरभित्र थन्क्याई सकेको हुनेछ । जाडो अधिकरूपमा आईसकेको हुँदैन । कामको चटारो पनि कम भएको हुन्छ । बिधालयहरूमा पनि जाडोको बिदा भै सकेको हुँदैन । सबैसँग भेटघाट गर्नलाई पनि उपयुक्त समय हुने भएकाले मंशिरको तेश्रो शनिवारलाई नै हजुरबाआमा दिवस घोषणा गरिएको हो ।

मातातिर्थ औसीमा आमाको मुख हेर्ने आमालाई राम्रा लुगा गहना उपहार दिने चलन छ । आमा नहुनेहरूले दिवंगत आमाका नाममा श्रद्धा गर्ने दानदक्षिणा दिने । भोकाहरूलाई भोजन गराउने गरिन्छ । कुशेऔँसी बुवाको मुखहेर्ने दिन हो । त्यस दिन बुबाहुनेहरूले बुबाहरूलाई स्वास्थकर मिष्ठान्न भोजन गराउने नयाँ नयाँ बस्त्रहरू दिने गरीन्छ । हजुरबाआमा र नातिनातिनाहरूका विचमा कती गाढा सम्बन्ध हुन्छ । कती मायाममता हुन्छ तर प्रकट गर्ने र सम्मान गर्ने दिन थिएन । यिनै कुरालाई ह्रृदयंगम गरी हजुरबाआमा दिवसको घोषणा गरिएको हो ।“

यस ०७९सालमा मंशिर २४ गते शनिबार तदनुसार डिसेम्बर दस तारिखका दिन हजुरबाआमा दिवस परेको छ । उक्त दिन सबै बिधालयहरूले हजुरबाआमा सहित बिधार्थीहरूलाई बिधालयमा उपस्थित गराइ हजुरबाआमा दिवस मनाउन थाल्नुहुन अनेसास हार्दिक अनुरोध गर्दछ । उक्त दिन हजुरबाआमा सँग सम्बन्धित कविता, कथा, मुक्तक, लेख रचनाहरू सुनाउने । हजुरबाआमा सँगका मिठापलहरू सुनाउन विधार्थिहरूलाई प्रेरित गर्नु पर्दछ । सबै बिधालयका शिक्षकशिक्षिकाहरू प्रधानाध्यापकहरूले वालवालिकाहरूसँग उनीहरूका हजुरबाआमाका बारेमा सम्झनाहरू सुनाउन अनुरोध गर्नु आवश्यक छ । हजुरबाआमाहरूसँग भए गरेका अनूभूतिहरू सुन्ने र सुनाउने कार्यले हजुरबाआमा प्रति श्रद्धाभाव जगाउने र अझ निकटता बढाउने छ । यस दिनले आफ्ना हजुरबाआमा र नातिनातिनाहरूबिच प्रगाढ सम्बन्ध स्थापना गर्ने छ । बिदेशमा हजुरबाआमा हुनेहरूले नेपाली बिधालय भए सोहीमा बोलाएर मनाउने । यसरी हजुबाआमा बिधालयमा उपस्थित भएमा अझ कार्यक्रमलाई जीवन्तता प्रदान गर्ने छ । हाम्रा मन्दिरका गजुरहरूको सम्मानले सँधै शुभ आशिर्वदहरू प्राप्त भै रहनेछन् । हजुरबाआमा दिवस २०७९को हार्दिक शुभकामना ।

-सुरेन उप्रेती, पाँचथर हाल- एडमण्टन, क्यानडा

प्रतिक्रिया