क्यानेडियन नेवाःगुठिको बिशेष साधारण सभा  सम्पन्न

इनेप्लिज २०७९ मंसिर १३ गते ३:१४ मा प्रकाशित

टोरोन्टो, क्यानेडियन नेवाः गुठिले आफ्नो बिशेष साधारण सभा जूम माध्यम बाट हालै सम्पन्न गरेको छ । गत सेप्टेम्बर महिना मा गरिएको १६ औं साधारण सभाले छलफल गरि निर्णय गरिए अनुसार सो बिशेष साधारण आयोजना गरिएको हो। सो सभामा उपस्थित महानुभाबहरुलाइ स्वागत गर्नु हुदै गुठिका अध्यक्ष प्रकाश प्रधानले आर्थिक प्रस्ताबका साथै अन्य प्रस्ताब हरु बारे छलफल गर्नु परेकोले सो बिशेष साधारण सभा बोलाइएको बताउनु भयो ।

कार्यक्रममा नेवाः संस्कृति बारे बोल्नु हुदै गुठिका उपाध्यक्ष उत्तम माकःजुले संस्कृतिको धनि समाजले सामाजिक अनुशासन कायम गर्नुको साथै सभ्य समाजको परिचय दिन्छ भन्नु हुदै नेवाः समुदाय परिस्कृत संस्कृतिको लागि बिस्वभर प्रसिद्द छ भन्नु भयो। चन्द्रमास अनुसार आउने प्रत्येक पुर्णे तथा औंशीको दिन लगायत अरु बेलामा पनि केहि न केहि जात्रा एबम पर्ब भैरहनुले पनि नेवाः संस्कृति कतिको धनि छ भन्ने थाहा हुन्छ भन्नु हुदै नेवाः संस्कृतिले मानब जाति, पशु पन्छिको सम्मान गर्नुको साथै मृत आत्मा तथा पितृको पनि सम्मान गर्ने प्रचलन अनुसार बाला चर्हे (बाला चतुर्दशी) को दिन मृतात्माको मोक्षको लागि पशुपति क्षेत्रको श्लेषमान्तक बनमा शतबीज छर्ने परम्परा रहेको बताउनु भयो।

कार्यक्रममा गुठिका कोषाध्यक्ष राजेन्द्र महर्जनले प्रस्तुत गर्नु भएको आर्थिक वासलात माथि छलफल पछि बिशेष साधारण सभाले पारित गरिएको थियो। साथै गुठिका महासचिब बिमल श्रेष्ठले प्रस्तुत गर्नु भएको कार्यसमितिको सद्श्य संख्या, महिला सदश्य संख्या, कार्यसमितिका सदश्यहरुको आचार संहिता, निशुल्क कर आबेदन शिबिर, युबा अभिनन्दन कार्यक्रम लगायतका प्रस्ताबहरुमाथि बृहत छलफल गरि अनुमोदन गरिएको थियो।गुठिका महासचिब बिमल श्रेष्ठले संचालन गर्नु भएको सो कार्यक्रममा उहाँले बिशेष साधारण सभाको औचित्य बारे प्रकाश पार्नु भएको थियो।

कार्यक्रमको अन्त्यमा साधारण सभामा सदश्यहरुले सोधिएका प्रश्नहरुको सम्बन्धित पदाधिकारीहरुले उत्तर दिनु भएको थियो भने गुठिका सचिब सुमन राजबन्सीले उपस्थित सबैलाई धन्यबाद ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया