राजनीतिमा जस्तो कर्म पनि जायज हुन्छ?

रूपेश कार्की (बद्री प्रयास) २०७९ मंसिर ८ गते १५:४७ मा प्रकाशित

राजनैतिक आवरण र उदेश्य सँग घटना /वारदात जोड्न सफल हुने हो भने जस्तो सुकै फौजदारी कुकर्मले पनि वैधानिकता पाउने र क्षमा हुने प्रचलन कायम गरिएको यो ज्वलन्त दृष्टान्त हो।

कानुनको नजरमा प्लेन अपहरण र लुटपाट अन्तराष्ट्रिय फौजदारी अपराध हो।तर नेपाल मा नेपाली काङ्ग्रेसको नेतृत्व वर्गबाटै भएको थियो यो पनि जायज हो?

२०२८ साल झापा विद्रोहमा धर्मप्रसाद ढकाल लगायतको १३ जनाको घाँटी रेटेर निर्मम हत्या पनि राजनैतिक आवरणमा नै गरिएको थियो।

रअका संस्थापक काओले सन १९५० को जुलाई ३१ को सन्धिले नेपालको भु-भागमा पनि गुमाउनु पर्यो त्यसमा राजदुत रञ्जित सिह पुरी राकेश सुदनको प्रमुख भुमिका थियो।यो पनि राजनितिक दलको स्वार्थको निमित नै भएको थियो।

२०५८ जेष्ठ १९ गतेराती १२ राजदरवार हत्याकाण्ड भयो त्यहि पनि ५००० नेपाली सेनाको सुरक्षा घेरामा रहेक‍ो राज परिवारको हत्या गरियो। त्यही पनि तत्कालीन सेनापतिलाई सेटिङ गरि राजदरवार हत्याकाण्ड मच्याईयो र आफुलाई श्री ७ सावित गर्न खोज्यौ।यो डिजाइन पनि तिम्रो स्वार्थी राजनितिक दाउ र सत्ताको निमित्त भएको थियो।

२०४२ सालमा रामराजाले राजधानीमा बम पडकाएर ५ को हत्या गरे ।यसमा पनि राजनिती स्वार्थ र पदको मोहको कारण भएको थियो।

२०४६ सालको जनआन्दोलन मा २७ जना सहादत भएका थिए।

२०५० जेष्ठ ३ गते मदन कुमार भण्डारी दास ढुङ्गाहत्या काण्ड रच्यौ,बाठो भएकोले सत्ता र घटनाबाटै बच्यौ।के यो कुरूड घटना पनि राजनीतिक नै हो?पछि चालक लामालाई पनि सुन्योजित ढङ्गले हत्या गर्यौ ? आफुलाई सुरक्षित गर्नको निमित यो खेल रच्यौ र बचेकी विधुवा दिदिले उपहारमा राष्टपति पद त पाईन तर श्रीमान बेलैमा खाईन। कस्तो पदिय राजनिति है तिम्रो ।

२०४२ सालमा माधब नेपाललाई दिएको प्रोजेक्ट पछिल्लो चरणमा २०५१/११/१ देखि २०६२/८/०५ साल सम्म प्रचण्डहरुले चलाएको कथित जनयुद्धको नामको नाटक मन्चनबाट १७ हजार २ सय ७४ जना नागरिकको हताहत हुन पुगेको दुःखद इतिहास पनि नेपाली राजनीतिमा भेटिन्छ। बाबुराम र प्रचण्डजी बुद्ध को नाममा एपेक संस्थाले लगानि गर्छु भन्दा सम्झौता गर्न दिल्ली देखि नर्वे सम्म पुग्यौं। एपेक संस्थाले कति दियो तिमीलाई?

२०७२ साल भदौ ७ गते टिकापुरमा बच्चा सहित ७ जनाको हत्या भयो यस्तोमा हत्या,हिसा, आतंक, लुटपाटको पृष्टभुमी बोकेको राजनीतिबाट देशको भलो हुन्छ कसरी ?

सहिद घोषणा:

१९९७ सालमा ४ सहिद ,प्रचण्ड प्रघानमन्त्री हुदाँ ७ हजार सहिद घोषणा गरे। त्यसलाई निरन्तरता दिदै माधब कुमार नेपाल प्रधानमन्त्री हुदाँ ६ हजार ,२०६२/२०६३ को जनआन्दोलन मा २६ जना, मधेस आन्दोलनमा ८ जना र भारतको अघोषित नाकावन्दीमा ६२ जना सहिद भएकाछन तर शहिद शब्दको अर्थ पनि गलत भएन र महोदय जे मनलाग्यो त्यहि गर्दा हुन्छ।

भुमि:
७१ स्थानमा ६१ हजार हेक्टर भुमि भारतलाई लिलामी गराईयो।दिल्ली १२ वुदे,सुघौली सन्धि,महाकाली सम्झौता , कोशी सम्झौता, कोशी हाईड्यामको सम्झौता ले के पायो? कालापानी- लिपुलेक -लिम्पियाधुरा कसको सम्झौता गयो?हाम्रो सिमा पुर्वमा टिष्टा पश्चिमी किला कागडामा धावा गर्ने पनि जायज भयो।मन्दिरका गुठी संस्थानका का जमिन लिलामी गरियोलाखौं विघा जमिन दलाल पुजिपति ले लिलामी गरे के यो पनि जाहेज छ?

MCC ले दुई तिहाईको कम्युनिस्टको सरकार पनि ढल्यो शेर बहादुरको भाग्य बल्यो, जनता अलमलाउन पल शाह काण्ड रचेर गगन थापा , शेर बहादुर देउवा,के पी ओली प्रचण्ड र बाबुराम मिलेर पास गरे, एउटा राजदुत जसले आफ्नो एउटा प्रोजेक्ट पास गर्न नेपालको सरकार र मन्त्रिपरिषद नै परिवर्तन गरिदिए जाबो एउटा राजदुतले चाहे परिवर्तन हुने नेपाल सरकार हो कि? राजदुत नै नेपालको प्रधानमन्त्री हुन? मोदीले के पी ओलीको राष्टवादलाई थाङ्नोमै सुताईदिए एकलाख पुरस्कार र मानार्थ सम्मान गर्दै एसिया प्यासिफिक सम्मेलबाट, प्रधानन्यायाधीश खिलनाथ रेग्मीले संसद विघटनको गरिदिए बाबुराम प्रधानमन्त्री हुदाँ,त्यसपछि बाबुराम भट्टराईले प्रधानमन्त्री पद उपहारमा प्रधानन्यायाधीश रेग्मीलाईदिए। केपी ओलीले देशद्रोहि भनेका सि के राउतलाई कुनै पाचतारे होटेलमा गएर रअ एजेन्ट र नेपालका तत्कालीन प्रधानमन्त्री केपी ओलीले सम्झौता गरेको सात दिन भित्र राष्ट्रिय राजनितिको धारमा ल्याए विचरा सि के राउतको मन्त्री बन्ने चाहना प्रचण्डको पदिय भागभण्डा नमिलेर टुट्यो, अर्को विप्लव चन्दजीको प्रतिवन्द लाग्यो श्री ७ सरकार बाट तर के आदेश आयो दिल्लीबाट बाध्यता भएर वार्तामा बोलाईहाले प्रधानमन्त्री केपी ओलीले,के यो पनि सदैव जाहेज नै हो त?

उजुरी:
जनयुदका ६१ हजार उजुरी मेलमिलाप आयोग बनाई उजुरीको चाङमासाक्षी बकिरहेका छन।

निर्मला जस्ता कयौंको बल्तकारीको लाई जोगाउने,ज्यान मारालाई नेता बनाउने,अफताब आलम ,श्याम सुन्दर गुप्ता जस्ता हत्यारलाई खुलेआम राजनितिमा सेभल्यान्ड दिने के यो पनि नेपाली राजनिती मा सहियै हुन्छ?

नेपाली राजनितिको पृष्ठभूमि, शिक्षा र दिक्षाको उदगम थलो जेल र नेलबाट भएको छ। के यिनी कैदीबाट देश समृद्ध बन्छ?
नेपाली राजनितिको विश्वविद्यालय नै जेल हो ।यसमा कसैको दुईमत छैन के यो पनि आधुनिक समाज र महान ब्यक्तिहरूलाई स्वीकार्य छ?
पदियलोभ र भागबन्डाको निमित ७ सय ६१ सरकार पनि वनायो, ४ जना उपप्रधानमन्त्री पनि भए यो पनि जायज हो?

न्याय:
न्याय पुजीमा लिलामी हुने देश, अख्तियार के लिन्थो र केस,यहाँ सवै भ्रममा छन, ठूलो माछा समात्दा मुटुकाम्छ अख्तियार प्रमुखको झट झट, समात्यो कि त जागिर नै हुन्छ चट्ट।सानै माछा ठिक छ न्यालय र अख्तियारलाई भो नथाम्नुस १२०० भोल्टको करेन्ट बोकारमा।कुन्टेलको कुन्टेल सुन छिर्छ एयरपोर्टबाट टाउकेहरू मिलि मिलि,जाबो मजदुरले पसिना बगाएर ल्याएको सामानमा कर लगाउछौ आँखा आशुहुने गरि टिलि टिलि।गरिब यो पापीपेट पाल्न विदेशिन्छ कर लगाउछौ,खाई नखाई श्रमगर्छ उसको परिश्रम लाई कर लगाउछौ,आशा बोकेर गएको युवा बाक्समा लास बनेर आउँछ अझै तिमीलाई पुगेन लासमा पनि कर लगाउछौ।यहाँ एनसेल र विनोद चौधरी लाई करमा छुट छ , कर कार्यलय पनि कस्तो छ क्या सोझा सिधा जनतालाई मात्रै लुटछ।नेपालको कानुन पनि मलाई कस्तो कस्तो,सोचेर ल्याउदा मुटु भकानिन्छ कहिले त लाग्छ यी फटाह शासकलाई नै माथि पुर्यादिउ जस्तो,

तर केगर्नु र,हजुर म त सत्ताको आढमा छैन
पुलिस प्रशासनले नै समातछन हैन र?
माथिका सवै यो ज्वलन्त दृष्टान्त हुन।

समाजमा साना ठुला घटना घटनु सामान्य हो यो विकर्शित देशमा पनि हुन्छ तर सबै धटनालाई राजनितीकर गरिनु गलत हो।यसले एक दिन सबैको लागि घातक सावित गरिदिनेछ।

जनता सामु तेर्सिएको गम्भीर सवाल र चिन्ताजनक अवस्था हो।

लेखकले जे देख्यो त्यहि लेख्यो।

रूपेश कार्की (बद्री प्रयास)

✍️रूपेश कार्की (बद्री प्रयास) साहित्यकार तथा लेखक

प्रतिक्रिया