जन्म दिनको शुभकामना

इनेप्लिज २०७९ मंसिर ४ गते २१:५९ मा प्रकाशित

 आज हामी नेपालीहरू संसारका बिभिन्न कुनामा पुगेका छौँ । सन १९९०को दशक भन्दा पहिला सामान्य नेपालीहरूलाई बिदेश जानु भनेको परिकल्पना भन्दा बाहिरको कुरा थियो । केही बिधार्थीहरू छात्रबृतिमा रूसमा पढन जाने गरेका थिए । कोही बिधार्थीहरू साउथ एशियाकै बिभिन्न  मुलुकहरूमा पढ्न गएका थिए । नेपालबाट बाहिर गएका मध्ये  बेलायती सेना र सिङ्घपुर पुलिसमा लाग्नेको संख्या नै पहिलो ठूलो संख्या हो । बेलायती सेनामा नेपालीहरूले काम गर्न थालेको भने धेरै लामो समय भयो । अंग्रेजले भारतमा शासन गर्न थाले पछी नेपालमा पनि गिद्दे दृष्ट्री लगायो र आक्रमण गर्यो । अंग्रेजफौजलाई अमरसिंह थापा, भक्ती थापा, बिरबलभद्र कुँवर, जस्ता योद्दाको नेतृत्वमा नेपालीफौजले परास्त गर्यो । त्यसताका नेपालीहरूलाई गोरखाली भनेर चिनिन्थ्यो । गोरखालीहरूको चौतर्फी प्रशंसा भयो । बेलायती महारानी देखि जर्मनका चान्सलरहरूले समेत गोरखालीहरूको बहादुरीको गाथा  मुक्तकण्ठले गाए । बिभिन्न देशका शैन्यप्रमुखहरूले नेपालीको शाहसको चर्चा गरे । यसरी बिभिन्न युद्धमा समाहित हुँदै नेपालीहरू बिभिन्न देशहरूमा पुगे । बेलायत, स्कटलेण्ड, फ्रान्स, जर्मनी, इटली, थाइलेण्ड, बर्मा, मलेसिया, सिंगापुर आदि देशहरूमा पुगे ।

 ती बहादुर र शाहासी नेपालीहरू युद्धका क्रममा बर्मा मलेसिया थाइलेण्ड आदि देशहरूमा छोडिए । केही नेपालीहरू भारतका असम मनिपुर हुँदै बर्मा सम्म कामको खोजी गर्दै पुगे र बसोबास शुरू गरे । नेपालमा  बिसं २०४६ सालको परिवर्तन  पछी भने रोजगारी, अध्ययन र व्यापारका निम्ति नेपालीहरू संसारभरी पुगेका छन् ।  अर्का तीर अंग्रेजले भारतमा शासन गरेका समयमा नेपालको पूर्वी सिमाना टिस्टा सम्म थियो । त्यहाँका नेपालीहरूले नेपाली भाषालाई अत्यन्तै माया गरेर जोगाइ राख्नु भएको छ । भाषा रह्यो भने मात्र आफ्नो संस्कृति रीतिरिवाज रहनसन र पहिचान रहन्छ । मानिसको पहिचान मेटाउने हो भने उसको भाषा मेटाउनु पर्छ । त्यस पछी क्रमश पहिचान हराउँदै जान्छ । यही ठानेर दार्जेलिङ खर्साङ कालेम्पोङ सिक्किम आदि ठाउँका नेपाली भाषामा पश्चिम बंगालका मुख्य मन्त्री ममता बेनर्जीले अनिवार्य बंगाली भाषा गराएर नेपाली माषीमाथि प्रहार गरेको छ ।

हामी नेपालीहरू झलक्क हेर्दा कोही भारतिय, बंगलादेशी ,पाकिस्तानी ,चिनिया ,जापानिज भियतनामी, अफगानिस्तानी, मेक्सिकन आदि जस्ता देखिन्छौ । हाम्रो पहिचान भनेको भाषा हो । हाम्रा संस्कृति र सम्पदाहरू हुन । हाम्रा रीतिरिवाजहरू हुन । संस्कारहरू हुन । हामीले आफ्नो परिचयलाई जोगाई राख्न पनि हाम्रो भाषा जोगाई राख्नु पर्दछ । आफ्नो भाषाको महत्व तब मात्र थाहा हुन्छ जब पराई भाषाभाषीहरूले आफुले वोल्ने भाषा आफ्नो संस्कृतिमाथि आक्रमण हुन थाल्छ । आफ्नो पहिचान संकटमा पर्न थाल्छ । फेरि एक पटक भाषा लोप भयो भने पुन त्यो माषा फर्कन सक्दैन । संसारमा धेरै जातजातिहरूका भाषा लोप भएर गएका छन् । उनीहरूको पहिचान हराएर गएको छ ।

 यसैले त नेपाल भन्दा बाहिर बस्ने नेपालीहरूले देवकोटा जयन्ति भानुजयन्ति जस्ता स्रस्टाहरूका जन्म दिनलाई ठूलो चाडपर्वका रूपमा मनाउने गर्दछन् । संसारभर नै आफ्नो भाषा संस्कृति र सम्पदा बचाउन लागी पर्दछन् ।

हामी प्रायस हरेक नेपालीहरू कुनैन कुनै रुपमा जन्म दिन मनाउँछौ । अष्टचिरिन्जिवीको पूजा गरेर मनाउने परंपराबाट केककाटेर जन्म दिन मनाउने थालनी भएको छ । केककाटेर मैनबत्ती निभाउँदै आफुले सोचेको पूराहोस भन्ने कामना गरिन्छ । अंग्रेजी भाषाको गीत गाएर ह्याप्पी बर्थ डे भन्दै शुभकामना दिन चलन व्यापक बन्दैछ । कमसेकम नेपाली भाषाबाट नै शुभकामना दिने प्रचन बढे हाम्रो भाषा अतिक्रमित हुने थिएन । यसै सोचलाई आत्मसाथ गरी म सुरेन उप्रेतीले जन्म दिनको गीत लेखेँ । त्यस गीतलाई नारायण ओलीले संगीत भर्नु भयो । गायिका बानिका प्रधान र नारायण ओलीले स्वर भर्नु भयो । क्यानेभिजनका  हरि सिवाकोटीको परिकल्पनामा कविता खरेल र साथीहरूले भूमिका निर्वाह गरेर म्यूजिक भिडियो तयार भयो ।

 सबै सन्सारभर छरिएर रहनु भएका नेपालीहरूले यो  शुभकामना गीत बजाएर आफ्ना पृयमान्छेहरूलाई शुभकामना दिन हुन अपिल गर्दछु । यसले हाम्रो भाषा र संस्कृतिलाई बचाउन थोरै भए पनि मद्दत गर्नेछ भन्ने मेरो विश्वास रहेको छ । तपाई श्रद्देय पाठक तथा श्रोताहरूको न्यानो माया पाएमा गीत सबैतीर पुग्ने छ । तपाईको लाईक र शेयरले यसलाई सबैतीर पुग्न मद्दत गर्ने छ । यो गीतलाई सार्वजानिकिकरण गर्न अनेसासका बरिष्ठ उपाध्यक्ष साहित्यकार श्री सर्वज्ञ वाग्लेले श्रष्टा संवाद कार्यक्रमको आयोजना गरी दिनु भयो । कार्यक्रमलाई साहित्यकार रेवतिराज अधिकारीले सन्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया