आयो पल शाह छुट्ने खुशीको बिश्वासिलो खबर तर कोही भेट्न नजादा निरास पल टोलाएर बस्छन कसैसँग बोल्दैनन (भिडियो सहित )

इनेप्लिज २०७९ मंसिर ४ गते ४:१० मा प्रकाशित

जिल्ला अदालतवाट सजाय ठहर भएपछि थुनामा रहेका अभिनेता पल शाहले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत, पोखरामा पुनरावेदन दर्ता गराएका छन्।

शाहका तर्फबाट जिल्ला अदालत, नवलपुरको फैसला खारेज हुनुपर्ने जिकिर गर्दै निवेदन दायर गरिएको हो। शाहविरुद्ध जिल्ला अदालतले नाबालिग बलत्कारको मुद्दामा सफाइ दिएपछि यौन दुब्र्यवहारमा दोषी ठहर गरेको थियो।

नवलपुर जिल्ला अदालतले भदौ २१ सफाइ दिँदै अर्को मुद्दामा सजाय हुने ठहर गरेको थियो। शाहलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै दुई वर्ष ६ महिनाको कैद सजाय र नाबालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला जिल्ला अदालतले गरेको थियो। उक्त फैसला त्रुटीपूर्ण भएको भन्दै शाहका तर्फवाट शुक्रबार पुनरावेदन दर्ता गरिएको हो। जिल्ला अदालत, कास्कीमा भने अर्को मुद्दा विचाराधीन नै रहेको छ।

जिल्लाले बलत्कारमा प्रमाणमा प्राप्त नभएको तर यौन दुब्र्यवहारका लागि अडियो र म्यासेजहरूका आधार पुष्टि हुने भन्दै दोषी ठहर गरेको थियो।

अभियोगमा माग नै नगरिएको बाल यौन दुरुपयोगको अभियोग लगाइ सजाय तोक्ने फैसला त्रुटीपूर्ण भएको शाहको पुनरावेदनमा जिकिर गरिएको छ।

निवेदनमा जाहेरवाला पक्ष (पीडित)ले आफूलाई जबरजस्ती करणी नभएको भन्दै अदालत सामु बयान दिइसकेपछि पछि त्यसकै आधारमा आफूले सम्पूर्ण अभियोगवाट सफाई पाउनुपर्ने दावी गरिएको छ।

फौजदारी मुद्दामा अभियोग पुष्टि गर्ने भार अभियोगकर्तामा हुने र सोको पुष्टि हुन नसके अभियुक्तले सफाइ पाउने जिकीर निवेदनमा गरिएको छ। तर न्यायाधीशले माग गरिएको अभियोगभन्दा छुट्टै अभियोगमा सजाय गर्ने गरी भएको फैसला, सर्वोच्च अदालतबाट स्थापित सिद्धान्तहरु विपरित भएको जिकीर निवेदनमा गरिएको छ।

https://www.youtube.com/watch?v=v9w-xgaADB0

प्रतिक्रिया