मतदान केन्द्र ‘अपाङ्ग र जेष्ठ नागरिक मैत्री’ निर्माण

इनेप्लिज २०७९ मंसिर ३ गते १७:२० मा प्रकाशित

विराटनगर,३ मङ्सीर । आसन्न निर्वाचनमा जिल्लामा रहेका सम्र्पूण मतदानस्थलमा रहेका केन्द्रहरुलाई अपाङ्गमैत्री, जेष्ठ नागरिक बनाइएको छ ।

मोरङका प्रमुख जिल्ला निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले फरक क्षमता भएका तथा जेष्ठ नागरिकहरुलाई सहजताका साथ मतदान गर्न केन्द्रमा रहेका मतदान अधिकृत एवं सहायक मतदान अधिकृतलाई निर्देशन दिएको बताउनु भएको छ ।

उहाँले मतदान केन्द्रमा फरक क्षमता भएका र जेष्ठ नागरिकहरुलाई मतदान गर्नका छुट्टै लाइनको व्यवस्था गर्नुका साथै दृष्टिविहिनलाई आफ्नो एक सहयोगी लाने व्यवस्था गरिएको छ ।

यसैगरी अपाङ्गहरुलाई ह्विलचियर सहजताका साथ लाने व्यवस्थाका लागि केन्द्रमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीहरुको सहयोग प्राप्त हुने व्यवस्था गरिएको छ।

मोरङ निर्वाचन क्षेत्र नं ६ मा भुपालमानसिंह राधाकृष्ण मावि तीनपनी, महेन्द्र मोरङ आदर्श वहुमखी क्याम्पस, जनपथ मावि जनपथटोल, आन्तरिक राजश्व कार्यालय ट्राफिक चोक , सरस्वती मावि, आदर्श मावि , शिक्षा सदन मावि, आदर्श बालिक मावि विराटनगर र वडा नं १ को कार्यालय सुन्दरहरैचा नगरपालिका गरि नौ स्थानमा फरक क्षमता भएका मतदाताहरुलाई विशेष व्यवस्था गरिएको छ।

प्रतिक्रिया