रोजागर तथा सेवा गर्ने उद्देस्य्ले `आर सेवा नेपाल` शुरू हुने 

इनेप्लिज २०७९ मंसिर ३ गते ४:२७ मा प्रकाशित

सेवा नै धर्म हो`

भन्ने नारालाई आत्मसात गर्दै रोज़गार सृजना गर्ने उद्देस्यले

रोजगार सेवा नेपाल(r-sewa nepal) शुरू हुने भएको छ l

रोजगार सेवा नेपालले जापानमा बौद्दिक अपांग भएका ब्यक्तिहरु द्वारा उत्पादन गरेका वस्तुहरुको बजार ब्यवस्थापन तथा बिक्री बितरणलाई सहज गरि उनीहरुको रोजगारलाई सहयोग गर्ने भएको छ l

त्यस्तै नेपालमा सामाजिक सेवा र ब्यवसाय गर्ने उदेस्य लिएर सय वटा मःमः पसल खोल्ने अभियान अन्तर्गत पहिलो ‘सेवा मः मः ‘ पसल काठमाडौंको कालधारा चोकमा चाडै नै खुल्ने भएक़ो छ ।

नेपालको सेवा म:म: पसलको उद्देस्यहरुः

१) रोज़गारको सृजना

२) नाफाको ३०% सामाजिक कार्यमा लगाउने

३) समस्या भएको ब्यक्तिले जापानको फ़ैमिली मार्तमा जस्तै शौचालयको प्रयोग गर्न पाउने

४) काग़ज़,प्लास्टिक र मेटलका रिसाईकल गर्ने सक्ने सफ़ा

वस्तुहरु संकलन गर्ने र संकलन गरेको रिसाईकल सामानहरु

कवाड़ीलाई बिक्री गर्ने र उक्त रक़म समाज सेवामा लगाउने

५) उक्त पसलबाट निस्कने किचेनका Garbage सम्पूर्ण

‘घरको garbage घर मै zero गर्ने ‘तरिकाबाट zero गर्ने

५)Take out मा फोहोर निस्कने काग़ज़, प्लास्टिक प्रयोग

नगर्ने।

६) जारको पानी प्रयोग गर्ने

७) आजिनोमोटो,टेस्टिंग पाउडर र शरिरलाई हानि गर्ने कलर

तथा सकेसम्म कुनै पनि खाद्य केमिकल पदार्थ प्रयोग नगर्ने

८) माइक्रो ओभन प्रयोग नगर्ने

९) घरको आमाको खाना जस्तै ढुक्क भएर सुपथ मूल्यमा खान पाउने ।

१०) मः मः सुपथ मूल्यमा बिक्री गर्ने

११) जापानी मः मः (याकी ग्योज़ा) सुपथ मूल्यमा पाउने ।

※ रोजगार तथा सेवा गर्ने उद्देस्यले संचालित सेवा मः मः लाई साथ दिई मःमः खाएर वा प्रचार प्रसार गरेर अभियन्ता भई सहयोग ग़रि दिनु हुन सम्पूर्ण साथीहरूलाई विनम्रतापूर्वक अनुरोध गर्दछौं ! यहाँहरुको माया र सद्भाबको अपेक्षा गर्दछौं l

सेवा मःमः

रोज़गार तथा सेवा अभियान

r-sewa nepal

प्रतिक्रिया