नेपालले जित्यो युएईविरुद्धको अन्तर्राष्ट्रिय ओडीआई सिरिज

इनेप्लिज २०७९ मंसिर २ गते ११:०६ मा प्रकाशित

काठमाडौं, २ मंसिर । नेपालले युएईविरुद्धको ओडीआई सिरिज जितेको छ ।

आज सम्पन्न तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेसँगै सिरिजमाथि नेपालले कब्जा जमाएको हो । नेपालले अन्तिम तथा तेस्रो ओडीआई खेलमा युएईलाई ६ विकेटले हराउँदै सिरिज २–१ ले जितेको हो ।

युएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४० ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले अर्धशतकीय इनिङ खेले । आसिफले अविजित रहदै सर्वाधिक ८८ रनको अर्धशतकीय इनिङ खेले भने ज्ञानेन्द्रले ६४ रनको पारि खेले ।

कप्तान रोहित पौडेलले १० तथा ओपनर अर्जुन साउद ९ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरी सुन्य रनमा रन आउट भए । युएईका हजरत बिलाल र आयन अफजल खानले १/१ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७६ रनको योगफल बनायो ।

युएईका लागि आयन अफजल खानले अविजित रहँदै ५४ रनको अर्धशतकीय पारी खेले । हजरत विलालले अविजित २० रन बनाए । यस्तै अलिशन शराफुले ३३ रन बनाए भने रोहन मुस्तफाले २४ तथा मुहमद वासिमले ११ रन बनाए ।

दैनिक नेपाल बाट

प्रतिक्रिया